धरान। प्रहरीले धरानबाट पेस्तोल र लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ।
सुनसरीको धरान उपमहानगरपालिका आचार्य लाईनबाट कोशी गाउँपालिका–३ घर भई आचार्य लाईन डेरा गरी बस्ने २३ बर्षीय निरजकुमार राउतलाई २६ असोज साँझ पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।
राउतको डेराबाट प्रहरीले ठूलो चाईनिज पेस्तोल १ थान, म्यागजिन १ थान र १३ राउण्ड गोली बरामद गरेको छ।
यसैगरी एक सय एमएलको डायलेक्स–डीसी २२५ बोतल, खैरो होरोइन ७ ग्राम, नाइट्रोजन ट्याब्लेट ६४० थान, स्पास्मोप्रोक्सिवन प्लस १२ हजार ९४४ क्याप्सुल फेला परेको प्रहरीले बताएको छ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले राउतको डेराबाट ११ हजार ३३० रूपैंया, तौल गर्ने डिजिटल मेसिन १ थान पनि बरामद गरेको छ।
हतियार र ठूलाे मात्रामा लागुऔषधसहित पक्राउ परेका राउत लागुऔषधको कारोबार नै गर्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्राेतले जनाएको छ।
" /> धरान। प्रहरीले धरानबाट पेस्तोल र लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ।सुनसरीको धरान उपमहानगरपालिका आचार्य लाईनबाट कोशी गाउँपालिका–३ घर भई आचार्य लाईन डेरा गरी बस्ने २३ बर्षीय निरजकुमार राउतलाई २६ असोज साँझ पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।

">