काेभिड-१९ बाट निकाे भएर घर फर्किइन् कनिका
काठमाडाैं। कोरोना भाइरसबाट संक्रमित भारतीय गायिका कनिका कपुर अस्पतालबाट आज डिस्चार्ज भएकी छन्।

लखनउको एसजीपीजीआई अस्पतालमा दुई सातादेखि उपचार गरिरहेकी कनिकाको सातौंपटकको रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज भएकी हुन्।

यसअघि छैटौं रिपोर्ट पनि नेभेटिभ आएकाे थियाे।

अस्पतालले उनलाई १४ दिनसम्म घरमै सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिएको छ।

९ मार्चमा लण्डनबाट फर्किएकी गायिका कपुरलाई कोरोना भाइरसको संक्रमण भएपछि ७ चैतमा लखनऊको संजय गांधी पीजीआई अस्पतालमा भर्ना गरिएको थियो। कनिका आफैंले कोरोना भाइरसबाट संक्रमित भएको जानकारी गराएकी थिइन्।

लण्डनबाट फर्किने क्रममा एअरपोर्टमा थर्मल स्क्रिनिङ गर्दा उनलाई कोभिड-१९ को लक्षण देखिएको थिएन।

लण्डनबाट फर्किएपछि उनी लखनउका धेरै पार्टीमा सहभागी भइन्। रुघाखोकी लागेर स्वास्थ्य परीक्षण गराउँदा उनीमा कोभिड-१९ पोजिटिभ देखिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्