नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त
काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन्।
आज बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो।
यसअघि अर्थमन्त्री युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले अधिकारी सहित चिन्तामणि सिवाकोटी र केशव भट्टराईकाे नाम सिफारिस गरेको थियो।
अधिकारी यसअघि नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए।
नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरबाट अवकास भएका अधिकारी यसअघि पनि गभर्नरमा सिफारिस भएका थिए। अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा उनी डेपुटी गभर्नर थिए।
चार्टर्ड एकाउन्टेन्ट अधिकारीसँग ३० बर्ष केन्द्रीय बैंकमा काम गरेको अनुभव छ। राष्ट्र बैंकमा उनले वित्तीय ब्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा उनले काम गरेका थिए। वित्तीय क्षेत्रकाे नियमन र सुपरिवेक्षणमा गहिराे अनुभव भएका व्यक्तिकाे रूपमा अधिकारीलाई लिइन्छ।
अधिकारी प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री खतिवडासँग निकट सम्बन्धमा थिए। लगानी बोर्डको अध्यक्ष प्रधानमन्त्री र उपायध्यक्ष अर्थमन्त्री हुने व्यवस्था छ। लगानी बोर्डमार्फत दुवैको विश्वास जितेका अधिकारीले गभर्नरको दौडमा रहेका आधा दर्जन व्यक्तिलाई पछि पारेका छन्।
युवराज खतिवडालाई राष्ट्र बैंकमा सफल गभर्नर बनाउने भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा राष्ट्र बैंकका कर्मचारीले उनलाई चिन्ने गरेका छन्।
गभर्नर वित्तिय क्षेत्रकाे लागी ग्ल्यामरस पद हाे। गभर्नरकै हस्ताक्षरमा राष्ट्रले नाेट छाप्ने गरेकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्