दाइजोको कारण नेपाली महिलाको भारतमा हत्या

विराटनगर। विराटनगर महानगरपालिका–११ कि एक महिलाको शव सीमावर्ती बजार भारतको जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा २६ असोजमा फेला परेको छ।

भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदका अनुसार २२ वर्षीया रन्जना सहनी (बहरदार) को शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा २४ असोजमै हत्या गरिएको प्रहरीको अनुमान छ।

महिलाको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएको छ।

सहनीलाई दाइजोको कारण उनका परिवारका सदस्यले हत्या गरेको प्रहरीले आशंका गरेको छ।

भारतीय प्रहरीले हत्या आरोपमा मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ पक्राउ गरेको छ।

सासू र जेठानी भने फरार भएको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्