सेती अस्पतालमा आज काेभिड-१९ परीक्षण गरिएका ६ जनाकै रिपाेर्ट नेगेटिभ
<p>कैलाली। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा काेभिड-१९ काे परीक्षण गरिएका ६ जनाको थ्रोट स्वाबको रिपोर्ट नेगिटिभ आएको छ।</p>
<p>सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इञ्चार्ज रमेश शाहीका अनुसार आज दिनभरि परीक्षण गरिएका सबै ६ वटा नमूनाको रिपोर्ट नेगेटिभ आएको हाे।</p>
<p>उनले तीनजना क्वारेन्टाइनमा रहेका व्यक्ति र तीनजना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको थ्रोट स्वाबको नमूना परीक्षण गरिएको बताए।</p>
<p>यसअघि काठमाडौं पठाइएका कैलाली र कञ्चनपुरका ९२ जनामध्ये ८८ जनाको थ्रोट स्वाबको नमूनाको परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ, जसमध्ये चारजनाको पुनः परीक्षण गरिने भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्