काठमाडौं। सरकारकाले देशका विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड-१९) को नमूना परीक्षण शुरू गरेको छ।
काठमाडौंसहित धरान, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण शुरू गरिएको हो।
अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६९७ जनाको नमूना परीक्षण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकामा १२ सहित १०७ जना आइसोलेसनमा रहेका छन्।
देशभरी नाै हजार १६८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
देवकोटाका अनुसार राष्ट्रिय एम्बुलेन्स सेवा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच दशवटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने विषयमा सम्झौता समेत भएको छ।
राष्ट्रिय एम्बुलेन्स सेवाका पाँच, मन्त्रालयका चार र महानगरका एक सहित दशवटा एम्बुलेन्स तयारी अवस्थामा रहनेछन्।
यसैगरी, नेपाल मेडिकल काउन्सिलसहितको टोलीले उपत्यकाका विभिन्न अस्पलताको अनुगमन गरेको छ।
वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल र काठमाडौं मेडिकल कलेजमा अनुगमन गरिएको हो। कोरोना भाइरससँग सम्बन्धित सेवाहरू, जनशक्तिका विषयमा अनुगमन गरिएको प्रवक्ता देवकोटाले बताए।
सरकारले सातवटै प्रदेशमा स्वास्थ्य मन्त्रालय अन्तर्गत ११औँ तहका कर्मचारीको नेतृत्वमा जनशक्ति परिचालन गरी आवश्यक जनशक्ति पहिचान गर्न निर्देशन पनि दिइएको छ।
प्रदेशमा भएको जनशक्तिको अवस्थाका विषयमा प्रतिवेदन तयार गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
" /> काठमाडौं। सरकारकाले देशका विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड-१९) को नमूना परीक्षण शुरू गरेको छ।काठमाडौंसहित धरान, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण शुरू गरिएको हो।

">