काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई १७औं गभर्नर बनाउने निर्णय गरेको हो।
अधिकारीले मुलुकको केन्द्रिय बैंकको नेतृत्व सम्हाल्दैगर्दा देश कोभिड-१९ संक्रमणका कारण लकडाउनमा छ। आर्थिक गतिविधि ठप्प भएका छन्। मानिसहरु घरभित्रै खुम्चिएका छन्। विश्वव्यापी महामारी बनेको कोभिड१९ को असर कहिलेसम्म रहन्छ भन्ने एकीन छैन। अर्थात् जीवनदेखि अर्थतन्त्र सबैतिर अनिश्चितता छ। यो अवस्थामा केन्द्रिय बैंकको नेतृत्व सम्हाल्नलागेका अधिकारीका चुनौती के-के होलान् ?
बैंकर पृथ्वीबहादुर पाण्डेले देखेका नयाँ गभर्नरका चुनौती यस्ता छन्ः
नेपाल राष्ट्र बैंकका नयाँ गर्भनर महाप्रसाद अधिकारीसमक्ष चूनौतीका चाङ छन्। चीनको वुहान शहरबाट फैलिन शुरू गरेको कोभिड-१९ को महामारीले ल्याउने मन्दीबाट नेपालको अर्थतन्त्रलाई बाहिर निकाल्नु अहिलेको मुख्य चूनौती हुनेछ।
हाल, कोभिड १९ बाट प्रभावित नभएको त्यस्तो कुनै पनि क्षेत्र छैन। यसबाट सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको छ।
होटटल व्यवसायदेखि होमस्टेसम्म, अनि एअरलाइन्स कम्पनीसमेत यसबाट नराम्ररी प्रभावित बनेका छन्।
पर्यटन भन्नसाथ मानिसहरुले होटललाई मात्र प्राथमिकता दिएको देखिन्छ। तर, नेपाल आउने पर्यटकको उल्लेख्य संख्या होम स्टेमा पनि बस्छ। त्यसकारण अहिले होटलसँगसँगै होम स्टे पनि समस्यामा छ।
कोभिड १९ को प्रभाव पर्यटन क्षेत्रमा कम्तिमा आगामी १८ महिनासम्म देखिन सक्छ। किनकी, युरोप र अमेरिकाका पर्यटकहरु १८ महिना अघिदेखि नै आफुलाई जान मन लागेको देशको होटल बुक गर्छन्।
फेरी अहिलेकै अवस्थामा पर्यटक नेपालमा आउने सम्भावना पनि हुँदैन। किनभने विश्वकै अर्थतन्त्र मन्दीतर्फ गईरहेको छ।
पर्यटनपछि सबैभन्दा बढी प्रभावित क्षेत्र वैदेशिक रोजगार हुनेछ।
कोभिड १९ को कारण तेलको खपत घटेसँगै कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल २० अमेरिकी डलरको हाराहारीमा आएको छ। यसले खाडी मुलुकको अर्थतन्त्रमा नराम्रो असर पार्छ।
तेलबाट आफ्नो अर्थतन्त्र चलाईरहेका पश्चिम एशियाका मुलुक नेपालको श्रम गन्तव्यको अघिल्लो सूचीमा छन्। तेलको मूल्यमा आएको गिरावटसँगै अब खाडी मुलुकको अर्थतन्त्रमा पनि मन्दी आउनेछ। त्यसबाट वैदेशिक रोजगारमा गएका ४० लाख नेपालीमा प्रत्यक्ष÷अप्रत्यक्ष प्रभाव पर्ने नै छ।
यसमध्ये झण्डै १० लाख युवाले आफ्नो रोजगारी गुमाउने सम्भावना छ। जसबाट नेपालको अर्थतन्त्र धानेको रेमिट्यान्समा सिधा असर पर्छ।
यस्तै, वैदेशिक लगानीमा ठूलो गिरावट आउँछ। विश्वका ठूला र सबल अर्थतन्त्र भएका देश यतिबेला आफै समस्यामा छन्। ती, देशबाट नेपालमा लगानी आउँछ भन्ने आशा अहिले नगरे हुन्छ।
कथं लगानी आइहालेछ भने पनि थोरै मात्रामा मात्र आउला, जसले नेपालको आर्थिक विकासमा खासै भूमिका खेल्न सक्दैन।
कोरोना भाइरस संक्रमणबाट संक्रमति हुनपुगेका यी सबै क्षेत्रलाई बचाउन वा पुनर्जीवन दिन नेपालमा उच्च रहेको ब्याजदर घटाउनु पर्छ। ब्याजदर घटेको अवस्थामा स्वदेशी उद्योग तथा व्यवसायले आफ्नो पुरानै लय समात्न सक्छन्।
राष्ट्र बैंकले बैंकहरुको ब्याजदरलाई नियन्त्रण गरेर ब्याजदरको आधार दरलाई घटाउनु पर्छ।
घटेको आधार दर ४ देखि ५ प्रतिशतको हुनुपर्छ। त्यसो हुँदा बैंकको ब्याजदर ७ प्रतिशतसम्म हुन सक्छ।
विदेशमा आधार दर १/२ प्रतिशत मात्र हुन्छ। त्यसैले मानिसहरुले फिक्स्ड डिपोजिटमा पैसा राख्छन्। नेपालमा भने फिक्स्ड डिपोजिट र नियमित बचत दुवैतर्फ पैसा राख्दै आएका छन्। यसरी बैंकको ब्याजदरलाई कम गर्न सकियो भने बैंकको ब्याज मिनाहा गर्ने भन्ने कुरै उठ्दैन।
अहिले बैंकहरु आफै पनि समस्यामा छन्। यो अवस्थामा ब्याजरदको दरलाई घटाएर समस्यामा परेका उद्योगहरुलाई पुनर्जीवन दिन सक्नुपर्छ।
विषेशगरी पर्यटनमा आधारित उद्योग/व्यवसायलाई यो सुविधा दिइनुपर्छ। यसको मतलव अरुलाई यो सुविधा नदिने भन्ने हैन।
कोरोना भाइरस संक्रमणले डामाडोल पारेको अर्थतन्त्रलाई सही दिशा दिन रिफाइनान्सले मात्रै पुग्दैन। तर, घटाइएको ब्याजदर सँधैभरी कायम गर्नुपर्छ भन्ने छैन। आगामी १÷२ वर्षका लागि यो सुविधा उद्योगहरुलाई दिइनुपर्छ।
त्यसका लागि राष्ट्र बैंकले बजारमा लिक्विडिटी कम गर्नुपर्छ। नियमनका अन्य प्रक्रियाहरु खुकुलो तर प्रभावकारी गर्नुपर्छ।
यस्तो भयो भने घट्ने दिशातर्फ जाने सेयर बजारले पनि सही दिशा समात्न सक्छ। यस्तै, विदेशबाट रोजगारी गुमाएर आएक युवाले पनि नयाँ रोजगारी पाउने सम्भावना बढ्दै जान्छ।
त्यसकारण नयाँ गभर्नरका लागि धेरै कुरा चुनौती बनेर उभिएका छन्। त्यसमा पनि सबैभन्दा ठूलो चूनौती बैंकको ब्याजदर ७ प्रतिशतसम्म झारेर देशको अर्थतन्त्रलाई बचाउनु हुनेछ।
" /> काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई १७औं गभर्नर बनाउने निर्णय गरेको हो।अधिकारीले मुलुकको केन्द्रिय बैंकको नेतृत्व सम्हाल्दैगर्दा देश कोभिड-१९ संक्रमणका कारण लकडाउनमा छ। आर्थिक गतिविधि ठप्प भएका छन्। मानिसहरु घरभित्रै खुम्चिएका छन्। विश्वव्यापी महामारी बनेको कोभिड१९ को असर कहिलेसम्म रहन्छ भन्ने एकीन छैन। अर्थात् जीवनदेखि अर्थतन्त्र सबैतिर अनिश्चितता छ। यो अवस्थामा केन्द्रिय बैंकको नेतृत्व सम्हाल्नलागेका अधिकारीका चुनौती के-के होलान् ?

">