काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने गरी सातवटै प्रदेशमा ११औं तहका कर्मचारीको नेतृत्वमा टोली खटाएको छ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतका ११औं तहका कर्मचारीहरूले सातवटै प्रदेशमा रहेको जनशक्तिको पहिचान गर्ने, जनशक्ति अपुग भएमा निजी, गैरसरकारी अस्पतालसँग सहकार्य गरेर जनशक्ति बढाउने लगायतको काम गर्नेछन्।
नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सातवटै प्रदेशमा टोलीले अन्तरप्रदेशसँग समन्वय गरेर जनशक्ति बढाउने, करार वा स्वयंसेवकका रूपमा लिनुपर्ने भए त्यो पनि गरेर जनशक्तिको आकलन गर्ने र त्यसको व्यवस्था मिलाउने छ।
“मन्त्रालयले हरेक प्रदेशमा खटिने टोलीलाई तीन दिनभित्र सिफारिस गर्नेसहित प्रतिवेदन बुझाउन पत्राचार गरिसकेको छ”, उनले भने, “यसले प्रदेशमा संक्रमणको रोकथाम र नियन्त्रण गर्न अझ सशक्त रूपमा सहयोग पुग्नेछ।”
अहिले प्रदेशस्तरमा कतै जनशक्ति धेरै र कतै जनशक्तिको अभाव देखिएको छ।
संक्रमणको अवस्था हेरेर आवश्यक व्यवस्थापन गर्ने मन्त्रालयले तयारी अघि बढाएको हो।
प्रवक्ता देवकोटाले आजसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एकहजार ६९७ जनाको नमूना परीक्षण गरिएको बताए।
सुदूरपश्चिमको कैलाली र कञ्चनपुर र गण्डकी प्रदेशको बाग्लुङमा र्यापीड परीक्षणको काम शुरू भइसकेको मन्त्रालयले जनाएको छ।
आजसम्म आइसोलेसनमा उपत्यकामा १२ जना र उपत्यकाबाहिर ९५ जना रहेका छन्। देशैभर नौ हजार १६८ जना क्वारेन्टाइन रहेका छन्।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने गरी सातवटै प्रदेशमा ११औं तहका कर्मचारीको नेतृत्वमा टोली खटाएको छ।स्वास्थ्य मन्त्रालय अन्तर्गतका ११औं तहका कर्मचारीहरूले सातवटै प्रदेशमा रहेको जनशक्तिको पहिचान गर्ने, जनशक्ति अपुग भएमा निजी, गैरसरकारी अस्पतालसँग सहकार्य गरेर जनशक्ति बढाउने लगायतको काम गर्नेछन्।

">