कोभिड-१९ का बिरामीको उपचार हुने अस्पताल पूर्णरूपमा साेही प्रयाेजनका लागि प्रयोग गरिने
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जुन अस्पतालमा कोभिड-१९ का बिरामीको उपचार हुन्छ, त्यो अस्पताल पूर्णरूपमा कोभिड-१९ कै उपचारका लागि प्रयोग गरिने बताएका छन्।

कोभिड-१९ उपचारको तयारीबारे विभिन्न ६ वटा अस्पतालको अनुगमन गरेर फर्किएको टोलीसँग आज मन्त्रालयमा जानकारी लिने क्रममा मन्त्री ढकालले सो कुरा बताएका हुन्।

मन्त्री ढकालले टेकु, पाटन र सशस्त्र प्रहरीको अस्पताल पूर्णरूपमा कोभिड-१९ का लागि उपचार शुरू गराउने र ती अस्पताल भरिएपछि मात्र अन्य अस्पतालमा उपचार गराउने बताए।

उनले सबै मिलेर काम गर्दा मात्र सफलता प्राप्त गर्न सकिने भन्दै कोरोना भाइरसविरुद्धको लडाइँमा पनि सामूहिकरूपमै काम गर्नुपर्ने बताए। “एक व्यक्तिले भन्दा सामूहिकरूपमा काम गर्दा राम्रो हुन्छ र त्यो सफल पनि हुन्छ”, उनले भने।

मन्त्री ढकालले स्वास्थ्यकर्मी र चिकित्सकलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताउँदै उच्च मनोबलका साथ काम गराउन विभिन्न काउन्सिलका पदाधिकारीलाई निर्देशन पनि दिए।

काेभिड-१९ काे उपचारका लागि तयार गरिएका अस्पतालहरूको तयारीबारे अनुगमन टोलीका तर्फबाट नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्ण अधिकारीले अस्पतालहरूको अवस्थाबारे जानकारी दिए।

टोलीले कोभिड-१९ उपचारको तयारीबारे त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल, केएमसी अस्पतालको अनुगमनका गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्