प्रदेश १: आइसोलेसनमा रहेका १५ मध्ये ११ जना डिस्चार्ज
विराटनगर। कोरोना भाइरस संक्रमणको आशंकामा प्रदेश १ को आइसोलेसनमा उपचार गराइरहेकामध्ये ११ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा पाँचजना महिला र ६ जना पुरुष छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ का अनुसार आइसोलेसनमा आजसम्म १५ जनालाई राखिएको थियो।
यस प्रदेशमा ४३८ वटा आइसोलेसन बेड छन्। यसैगरी ४ हजार ३७ वटा क्वारेन्टाइन बेड तयार छ।
४४ आईसीयू बेड तयारी अवस्थामा राखिएको छ। प्रदेशस्तरीय कोरोना सूचना डेस्कका अनुसार क्वारेन्टाइनमा कूल ६१० जनालाई राखिएको छ। त्यसमा ५६६ जना पुरुष छन्।
५३८ जना महिला र दुई हजार ८४७ जना पुरुष होम क्वारेन्टाइनमा बसेका छन्।
यस प्रदेशबाट अहिलेसम्म ८५ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ। तीमध्ये ६९ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
बाँकीको परीक्षण भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्