कोभिड-१९ देखिएका बेलायती प्रधानमन्त्री आईसीयूमा

काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना गरिएका ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई स्वास्थ्य बिग्रिएपछि सघन उपचार कक्ष (आईसीयू) मा सारिएको छ ।

कोभिड-१९ देखिएपछि उनी स्व-एकान्तवासमा बस्दै आएका थिए।

प्रधानमन्त्री जोनसनलाई दुईदिनअघि लण्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको थियो। उनलाई हिजो दिउँसोदेखि अक्सिजन दिन थालिएको थियो।

हिजो (सोमबार) बेलुकादेखि उनको स्वास्थ्य अवस्था बिग्रिएको अन्तर्राष्‍ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।

प्रमुख विपक्षी लेबर पार्टीका नवनिर्वाचित नेता कियर स्टार्मरले यो अत्यन्तै दुखको समाचार भएको बताएका छन्।

यो कठिन समयमा सिंगै देश प्रधानमन्त्री र उनको परिवारको साथमा रहेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्