काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोभिड-१९ बाट जोगिन विश्व स्वास्थ्य संगठन र सरकारको निर्णय र निर्देशनलाई पालना गर्दै सावधानीपूर्वक सुरक्षित रहन आग्रह गरेका छन्।
वक्तव्यमार्फत् अपील गर्दै नेता नेपालले श्रमजीवीलाई राहत उपलब्ध गराउन, दोहोरो भएको भए त्यसलाई सच्याउन र लकडाउनको समयमा जिविकाको लागि वातावरण बनाउन सम्बन्धित निकायसँग अनुरोध गरेका छन्।
कसैलाई कोरोनाको शंका लागेमा त्यसलाई नलुकाउन, कुनै प्रकारको हिनताबोध नगर्न, उच्च मनोबलका साथ आवश्यक उपचार गर्न र त्यसलाई विस्तार हुन नदिन सावधानीका लागि उनको आग्रह छ।
“विदेशबाट आएका व्यक्तिबाट नेपालमै रहेका व्यक्तिमा संक्रमण भएको पुष्टि भइसकेको सन्दर्भलाई दृष्टिगत गरी विदेशबाट आएका र उहाँहरूको सम्पर्क भएका सम्पूर्ण व्यक्तिलाई अनिवार्य रूपमा तोकिएको अवधि तोकिएका स्थान वा सेल्फ क्वारेन्टाइनमा बस्न र आफू एवं समाजलाई यस महामारीबाट जोगाउन विशेष अपील गर्दछु”, नेता नेपालद्वारा जारी वक्तव्यमा भनिएको छ।
नेता नेपालले कोरोना परीक्षणको दायरालाई फराकिलो बनाउन सरकारलाई सुझाव दिएका छन्।
राज्यका निकायहरूलाई सबल बनाउँदै उच्च मनोबलसहित द्रुत परिचालन गरेर जनताको विश्वास जित्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
" /> काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोभिड-१९ बाट जोगिन विश्व स्वास्थ्य संगठन र सरकारको निर्णय र निर्देशनलाई पालना गर्दै सावधानीपूर्वक सुरक्षित रहन आग्रह गरेका छन्।वक्तव्यमार्फत् अपील गर्दै नेता नेपालले श्रमजीवीलाई राहत उपलब्ध गराउन, दोहोरो भएको भए त्यसलाई सच्याउन र लकडाउनको समयमा जिविकाको लागि वातावरण बनाउन सम्बन्धित निकायसँग अनुरोध गरेका छन्।

">