महोत्तरी। महोत्तरीको एउटा गाउँमा १५ जना भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन्। कोरोना भाइरसको रोकथाम तथा संक्रमणबाट जोगित नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा उनीहरू सीमापारिबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका हुन्। उनीहरू एकडारा गाउँपालिका–५ बहेडा गाउँस्थित एक घरमा लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन् ।
उनीहरु यही २२ चैतको राति जंगलको बाटो हुँदै भारतको सीतामढी शहरबाट बहेडा गाउँमा आइपुगेका हुन्। उनीहरू तेह्र वर्षदेखि १८ वर्ष उमेर मूहका छन्। सबै भारतको बिहारमा पर्ने किशनगञ्ज जिल्लाका हुन्। उनीहरु बहेडाकै एक साथीसहित भारतको उत्तर प्रदेशस्थित एक मदरसामा पढिरहेका थिए। भारतमा लकडाउनका बेला पढिरहेको मदरसाबाट आफ्नो घर किशनगञ्ज जिल्ला जाने क्रममा भारतको सीतामढीमा घेरिएपछि महोत्तरीका साथीसँग उनीहरू बहेडा आइपुगेको गाउँपालिकाका अध्यक्ष रामछविला साहले बताए।
सबै किशोरको ज्वरो जाँच गर्दा अवस्था सामान्य रहेको पाइएको छ। उनीहरुलाई तत्काल छुट्टै होम क्वारेन्टाइनमा राखिएको छ।
सीमाक्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीको २४ घण्टे ड्युटी र कडा निगरानी रहेको बेला भारतीय किशोर समूहमै नेपाल प्रवेश गरेकामा उनीहरुको कामप्रति प्रश्न उठेको छ।
" /> महोत्तरी। महोत्तरीको एउटा गाउँमा १५ जना भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन्। कोरोना भाइरसको रोकथाम तथा संक्रमणबाट जोगित नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा उनीहरू सीमापारिबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका हुन्। उनीहरू एकडारा गाउँपालिका–५ बहेडा गाउँस्थित एक घरमा लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन् ।

">