काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारीको बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ।
बैठक बिहान १० बजेको लागि तय भएको छ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेस पदाधिकारी बैठक पहिलोपटक बस्न लागेको हो।
बैठकमा कोभिड-१९ सँग जुध्न सरकारका तर्फबाट भएका काम-कारबाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत समसामयिक विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
कांग्रेस पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रुपमा छन्। रासस
" /> काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारीको बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ।बैठक बिहान १० बजेको लागि तय भएको छ।

">