कैलाली। कैलाली र कंचनपुरमा कोभिड-१९ को र्यापिड टेष्टका लागि ६ सदस्यीय स्वास्थ्य प्राविधिकको टोली हिजो, २४ चैत साँझ धनगढी आइपुगेको छ।
स्वास्थ्य मन्त्रालयले खटाएको सो टोलीले दुवै जिल्लामा आजदेखि काम शुरू गर्दैछ।
दुवै जिल्लामा आज एक/एक सयजनाको नमूना संकलन गरिनेछ।
कैलालीको लम्की चुहा नगरपालिका, गोदावरी नगरपालिका र कंचनपुरको शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकामा र्यापिड टेष्ट गर्न लागिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।
काठमाडौंबाट धनगढी आएको स्वास्थ्य प्राविधिकहरू टोलीसँगै धनगढीका प्राविधिकहरू पनि छन्।
उनीहरूलाई आज बिहान छुट्टाछुटै समूह बनाएर परिचालन गरिएको छ।
पछिल्लो समय भारतबाट आएका व्यक्तिमा कोभिड-१९ देखिएको र एकजनामा लोकल केस भेटिएपछि कोरोना भाइरस संक्रमणको बढ्दो जोखिम रोक्न कैलाली, कंचनपुर र बागलुङ तिन जिल्लामा मास परीक्षण गर्न लागिएको हो।
भारतबाट घर फर्केका, क्वारेन्टाइनमा बसेका र उनीहरूको सस्पर्कमा आएकाहरूको नमूना परीक्षण गर्न मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयुक्ट प्राविधिक टोली खटिएको छ।
" /> कैलाली। कैलाली र कंचनपुरमा कोभिड-१९ को र्यापिड टेष्टका लागि ६ सदस्यीय स्वास्थ्य प्राविधिकको टोली हिजो, २४ चैत साँझ धनगढी आइपुगेको छ।स्वास्थ्य मन्त्रालयले खटाएको सो टोलीले दुवै जिल्लामा आजदेखि काम शुरू गर्दैछ।

">