ग्यास सिलिण्डर विष्फोटमा परेर भारतमा १० जनाको मृत्यु, १५ जना घाइते <p>काठमाडौं । भारत उत्तर प्रदेशको मऊ जिल्लास्थित एउटा घरमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।</p> <p>सिलिण्डर विष्फोट हुँदा दुइ तल्ले घर भत्किएको छ । घटना आज बिहानको हो । घटनामा १५ जना घाइते भएको र भग्नावशेषमा अरू मानिस पनि पुरिएको हुन सक्ने भारतीय सुरक्षा अधिकारीहरूले बताएका छन्।</p> <p>उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्री आदित्यनाथले घटनामा परेका व्यक्तिका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूलाई सम्भव भएसम्म सबै राहत र चिकित्सकीय सहायता तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्