प्रधानमन्त्रीले भने- "नागरिकको जीवनरक्षा भन्दा ठूलो कुरा अरु छैन"
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण अरु कुरा हुन नसक्ने बताएका छन्।

आज राष्ट्रका नाममा गरेको सम्बोधनमार्फत् प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

कोभिड-१९ महामारीविरुद्ध देश लकडाउन गरिएको दुई सातापछि दोस्रोपटक राष्ट्रका नाममा गरिएको सम्बोधनमा प्रधानमन्त्रीले सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त नहुने उल्लेख गर्दै स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको बताए।

"अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरु विधिसम्मत् हुनुपर्छ र  सुशासनका मानकमा ती खरो उत्रिनै पर्छ, सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि हुँदैनन्", प्रधानमन्त्रीले भने, "तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ । तर कामै गर्न नसक्ने र  प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ।"

प्रधानमन्त्रीले महामारी विरुद्ध समयमै चालेको कदमका कारण सयौंको जीवन जोगिएको उल्लेख गर्दै आउने केही हप्ता अलिकति साह्रो-गाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिने उल्लेख गरे। उनले भने, "आउनुहोस्, फेरि एकपल्ट ५ वर्ष अगाडिको विनाशकारी भूकम्पको समयमा जस्तै धैर्यता र साहस प्रदर्शित गरौँ।"

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्