काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै कोभिड–१९ का विरामीको उपचारको लागि सरकारले गरेको सम्पूर्ण तयारीका बारेमा देशबासीलाई जानकारी गराएका छन्।
त्यसक्रममा उनले मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको बताए। अहिले ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा रहेको प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख छ।
त्यसैगरी, ३ हजार २ सय ५९ क्षमताको आइसोलेशन वेड तयार गरिएको र त्यसमा ९५ जना उपचारत रहेको उनले बताए ।
सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिबाट परीक्षण शुरु गरिएको उनले बताएका छन्। २४ चैतसम्म एक हजार ८ सय ९० जनाको परीक्षण गरिसकिएको प्रधानमन्त्रीले जानकारी दिए। प्रधानमन्त्री ओलीले भने, “सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरुमा द्रूत परीक्षण (¥यापिड डिटेक्सन टेस्ट–आरडिटी) विधि मार्फत् हजारौंको नमूना परीक्षणको तयारी अगाडि बढाइएको छ।”
त्यसैगरी, सातै प्रदेशमा, उपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट (पीपीई) पूरा सेट– १ हजार ४८ थान, गाउन– ११ हजार ८ सय १९ थान, एन ९५ मास्क– ४ हजार ३४५ थान, मास्क– ५ लाख ६५ हजार २६१ थान सहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरिएको उनले जानकारी दिए।
प्रधानमन्त्रीले सम्बोधनमा भनेका छन, “उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई ड्युटीमा रहेका सुरक्षाकर्मी सरह नै संरक्षण गर्ने निर्णय सरकारले यस अघि नै गरिसकेको छ। राहत तथा सुविधाको हकमा उपचारको पहिलो घेरामा रहनेहरुलाई शतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई पचहत्तर र पचास प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ। आवश्यक सुरक्षा उपकरणको व्यवस्था सहित २५ लाख बराबरको बीमाको व्यवस्था सहित सरकार, तपाईहरुको समग्र सुरक्षामा प्रतिवद्ध छ।”
त्यसैगरी, अग्रभागमा रही काम गरिरहेका सबै सुरक्षा निकायका सम्बन्धित व्यक्तिहरु, राष्ट्रसेवक कर्मचारीहरु, ड्राइभर, हेल्पर, सफाई कर्मचारी लगायत कोरोना भाइरसका विरुद्धको उपचारमा संलग्न सबै श्रमिकहरुको भूमिका चिकित्सकीय टीमका सदस्य सरह नै महत्वपूर्ण हुने हुँदा सोही सरह भत्ता÷बीमा सहित सरकारले सुरक्षाको बन्दोवस्त गरेको उनले बताएका छन्। त्यसैगरी, समुदायमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेवीहरुलाई १ हजार ५ सय भत्ताको थप व्यवस्था गरिएको प्रधानमन्त्रीले बताए।