'रणनीतिक साझेदारी भनेको सैन्य गठबन्धन होइन'

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरिएको 'रणनीतिक साझेदारी' कुनै सैन्य वा राजनीतिक गठबन्धन नभएको, त्यो आर्थिक विकासका निम्ति गरिएको साझेदारीमात्र भएको स्पष्ट पारेका छन् ।

''रणनीतिक साझेदारी भनेको कुनै सैन्य गठबन्धन होइन । यो कुनै अलायन्स पनि होइन,'' प्रधानमन्त्री ओलीले विहीबार कान्तिपुरसितको अन्तर्वार्तामा भने, ''यो आर्थिक-सामाजिक विकासका लागि हो ।''

यसभित्र शिक्षा, स्वास्थ्य र आर्थिक साझेदारीका विभिन्न पक्ष जोडिने उनले जानकारी दिएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्