मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको अधिकार: मन्त्री बस्नेत

सुर्खेत। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्‍नेतले मन्त्रिपरिषद् हेरफेर गर्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताएका छन्।

मन्त्रिपरिषद् हेरफेरको विषय बाहिर चर्चामा आएजस्तो नभएको मन्त्री बस्‍नेतको भनाइ छ।

प्रेस संगठनको पत्रकार सम्मेलनमा सुर्खेत विमानस्थलमा कुराकानी गर्दै मन्त्री बस्‍नेतले मन्त्रिपरिषद् कस्तो र कति संख्याको बनाउने, मन्त्रीहरु हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीकै भएको बताएका हुन्।

आर्थिक विकास र संरचना निर्माण सरकारको पहिलो प्राथामिकता भएको बताउँदै मन्त्री बस्‍नेतले अब सबैतिर विकासले गति लिने बताए। रासस

प्रतिक्रिया दिनुहोस्