![](https://www.dekhapadhi.com/storage/photos/shares/Politics/deuba.jpg)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद मोहम्मद अफताब आलममाथिको मुद्दामा पूर्वाग्रह र दबाबमुक्त भएर अनुसन्धानमा सघाउने बताएका छन्।
आज विज्ञप्ति जारी गर्दै देउवाले नेपाली कांग्रेस कानूनी राज्यमा विश्वास गर्ने पार्टी भएकोले अनुसन्धानको विपक्षमा उभिन नसक्ने बताएका हुन् ।
विज्ञप्तिमा देउवाले भनेका छन्, ‘गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने कार्यमा बाधा पुग्छ । १२ वर्ष पूरानो मुद्दामा मैले यही संकेत गरेको हुँ।’
१ कात्तिकमा देउवाले आलम पक्राउ कांग्रेसविरूद्धको षड्यन्त्र भएको बताएका थिए ।
देउवाले आलम माथिको मुद्दामा अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहने पनि बताएका छन् ।
उनले विज्ञप्तिमार्फत् भनेका छन्, ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो स्पष्ट मान्यता म सार्वजनिक रूपले प्रष्टाउन चाहन्छु ।’
आलमविरूद्ध बम बनाउँदै गर्दा पड्केर घाइते भएका व्यक्तिलाई इँटाभट्टामा पोलेर मारेको आरोप लागेको छ । उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
आलम नेपाली कांग्रेसको तर्फबाट रौतहट–२ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य हुन् ।
पढ्नुहाेस्:
सभापति देउवासहित कांग्रेस शीर्ष नेताकाे आराेप- 'आलमकाे पक्राउ कांग्रेसविरुद्धकाे षड्यन्त्र'
" /> काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद मोहम्मद अफताब आलममाथिको मुद्दामा पूर्वाग्रह र दबाबमुक्त भएर अनुसन्धानमा सघाउने बताएका छन्।आज विज्ञप्ति जारी गर्दै देउवाले नेपाली कांग्रेस कानूनी राज्यमा विश्वास गर्ने पार्टी भएकोले अनुसन्धानको विपक्षमा उभिन नसक्ने बताएका हुन् ।

">