काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २५ वैशाखका लागि बोलाएको स्थायी कमिटी बैठक त्यसको अघिल्लो साँझ एकाएक स्थगित भयो।

अर्थात् २४ वैशाख साँझ स्थायी कमिटी बैठक तयारीका लागि बसेको केन्द्रीय सचिवालय बैठक अनिर्णित बनेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको सहमतिमा भोलिपल्ट शुरू हुन लागेको बैठक स्थगित गरिएको थियो।

बैठक स्थगित भए पनि नेकपाका १७ जना स्थायी कमिटी सदस्यहरू २५ वैशाखमा धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा भेला भए।

१७ जना यी नेता नेकपामा स्थायी कमिटी बैठक माग गर्ने २० जना (स्थायी कमिटीका सदस्य)मध्ये थिए। धुम्बाराहीमा भएको छलफलपछि पाँच जना नेता खुमलटारस्थित् अध्यक्ष पुष्पकमल दाहालको निवास पुगे, स्थायी कमिटी बैठक तत्काल बोलाउन माग गर्दै। खुमलटार पुगेका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलका अनुसार बैठक तत्काल नबोलाइए अर्को रणनीति तय गर्ने समझदारीसमेत १६ जनाबीचमा भएको थियो।

सरकारले ८ वैशाखमा जारी गरेका दुई वटा अध्यादेशसिर्जित् तरंगका कारण नेकपामा २० जना स्थायी कमिटी सदस्यले आफ्नो कमिटीको बैठक बोलाउन लिखित माग गरेका थिए। तर, तीमध्ये तीन जना २५ वैशाखको भेलामै उपस्थित भएनन्। किन त ? भेलामा अनुपस्थित स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी भन्छन्, “कतिपय साथीहरू बैठक स्थगित भयो भन्ने थाहा नभएर पनि जानुभयो होला, म चाहिँ बैठक स्थगित भइसकेको थाहा पाएकाले गइनँ।”

अगेनो रेष्टुरेन्टको त्यो भेला

रायमाझीले आफू भेलामा नजानुको कारण रमाइलो तरिकाले प्रष्ट्याए पनि त्यसपछाडिको कारण गम्भीर थियो।

त्यसको दुई दिन पहिले अर्थात् २३ वैशाखमा ललितपुरको धोबीघाटस्थित् अगेनो रेष्टुरेन्टमा बैठक माग गर्ने स्थायी कमिटीका २० सदस्यको भेला राखिएको थियो। २० मध्ये देव गुरुङबाहेक सबै नेता त्यहाँ उपस्थित थिए। दुई दिनपछि शुरू हुने बैठकमा कसरी प्रस्तुत हुने भनेर यो भेला डाकिएको थियो।

त्यो भेलामा स्थायी कमिटी सदस्य भीम रावलले तयार पारेको ११ पृष्ठ लामो एउटा प्रस्ताव अगाडि सारियो, जसको मुख्य प्रस्ताव प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले एउटा पद छाड्नुपर्ने भन्ने थियो। बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीलाई दुईमध्ये एक पद छाड्न दबाब दिने, नमानेमा कारबाही प्रक्रियामा जाने र त्यसका लागि आफ्नो (पुष्पकमल दाहाल र माधवकुमार नेपाल) समूहका सदस्यहरूले बहुमत जुटाएर स्थायी कमिटीमा लिखित प्रस्ताव दर्ता गराउने तयारी त्यहाँ सुनाइएको थियो।

तर, यस्तो प्रस्ताव राखिएपछि त्यहाँको माहोल अर्कै बन्न पुग्यो। भेलामा उपस्थित आधाजसो नेताहरूले यस्तो प्रस्ताव स्थायी कमिटीमा लैजान नहुने र आफूहरूले बैठक बोलाउन माग गर्दै हस्ताक्षर गरे पनि त्यो हस्ताक्षर गुटगत स्वार्थका प्रयोग नगर्ने बताएका थिए। त्यसले पार्टीलाई नै विभाजनतर्फ लैजाने उनीहरूको तर्क थियो। “टोपबहादुर (रायमाझी)जीले त्यसमा आफ्नो समर्थन नहुने र आफ्नो हस्ताक्षर यस्तो काममा प्रयोग गर्न नदिने बताउनुभो”, ती नेताले भने, “उहाँको भनाइमा मणि थापा, चक्रपाणि खनाल, हरिबोल गजुरेल र देवेन्द्र पौडेलले पनि साथ दिनुभयो।”

२० जनाबीचमा आएको फुटले नेकपामा प्रधानमन्त्री ओलीलाई सहज होला नहोला, त्यसले अर्का अध्यक्ष दाहाललाई भने अप्ठेरो पर्ने देखिन्छ। किनभने यसअघि नै ओलीविरुद्धको मोर्चाबन्दीमा रामबहादुर थापा र लेखराज भट्टको साथ गुमाइसकेका दाहालले स्थायी कमिटीमा टोपबहादुर रायमाझी र मणि थापाको पनि साथ गुमाउने देखिएको छ।

यही भेलाबाट स्थायी कमिटी बैठक माग गर्ने नेताहरूबीच फाटो आएको थियो। त्यसको असर २५ वैशाखको धुम्बाराही भेलामा देखियो, जहाँ रायमाझी, मणि थापालगायत तीन जना नेता उपस्थित भएनन्। रोचक त के छ भने त्यो भेलामा माधवकुमार नेपालनिकट मानिने स्थायी कमिटी सदस्य बेदुराम भुषाल पनि सहभागी थिएनन्।

जसरी नेकपाभित्रको शक्ति संघर्षले केन्द्रीय सचिवालयमा अप्ठेरोमा परेका प्रधानमन्त्री ओलीलाई उपाध्यक्ष वामदेव गौतमको ‘मूभ’ले बलियो स्थितिमा पुर्‍याइदियो, ठिक त्यसैगरी अगेनो रेष्टुरेन्टको भेलाले स्थायी कमिटीमा दाहाल र नेपाल नेतृत्वको वरिपरि जोडिएका दोस्रो तहका नेताको यो ‘गुट’ पनि भत्काइदिएको संकेत हो, नेकपामा पछिल्लो समय स्थायी कमिटी बैठक माग गर्ने आवाजसमेत पातलिनु।

जस्तो कि बैठक माग गर्नेमध्येकै स्थायी कमिटी सदस्य बेदुराम भुषाल तत्काल बैठकको सम्भावना देख्दैनन्। संसदमा प्री–बजेट छलफल शुरू भएको र सरकारको नीति तथा कार्यक्रम आउने बेला भएकाले अबका केही दिन बैठक बस्ने सम्भावना नै नरहेको उनले बताए।

“बजेट र नीति तथा कार्यक्रम देश र जनताको आवश्यकतासँग जोडिएको कुरा भो, यस्तो बेला पार्टीभित्रको समस्या मात्र भनेर पनि भएन”, भुषालले भने, “हामीले अध्यादेश ल्याउनुको औचित्य प्रष्ट पार्न र कोरोना महामारीविरुद्ध सिंगो पार्टीलाई परिचालन गर्ने योजना बनाउन बैठक माग गरेका थियौँ। अध्यादेश फिर्ता भइसकेकाले अहिलेका लागि त्यसको सान्दर्भिकता के कति होला भन्ने पनि कुरा उठ्ला। कोरोना महामारीविरुद्ध हामीले उठाउने सवाल हाम्रै पार्टीको सरकारले नीति तथा कार्यक्रममा पनि समेटेर ल्याउला नि।”

२० जनाको माग प्रधानमन्त्रीले दुई मध्ये एक पद छाड्नुपर्छ भन्ने पनि थियो त ?

भुषालले बैठक माग गर्ने २० जना सदस्यले लिखित रूपमै दुईवटा माग राखेको र अरु कुनै कुरा नमागिएको बताए। “केही साथीहरूले बाहिर केही बोल्दै हिँड्नुभएको होला, त्यो हाम्रो माग होइन”, उनले भने, “बैठकमा सरकारको कामकारबाहीबारे प्रश्न उठ्थ्यो पनि होला, तर हामीले अध्यादेशको औचित्य र महामारीविरुद्ध पार्टी परिचालनबारे छलफल गर्न बैठक बोलाएका हौं, योबाहेक हाम्रो अर्को माग छैन।”

२० जनाबीचमा आएको फुटले नेकपामा प्रधानमन्त्री ओलीलाई सहज होला नहोला, त्यसले अर्का अध्यक्ष दाहाललाई भने अप्ठेरो पर्ने देखिन्छ। किनभने यसअघि नै ओलीविरुद्धको मोर्चाबन्दीमा रामबहादुर थापा र लेखराज भट्टको साथ गुमाइसकेका दाहालले स्थायी कमिटीमा रायमाझी र मणि थापाको पनि साथ गुमाउने देखिएको छ। अगेनो रेष्टुरेन्टको घटनाले यो संख्या अझ बढ्न सक्ने देखाउँछ। स्थायी कमिटीका एक सदस्य भन्छन्, “सायद यही बुझेर नै प्रचण्ड कमरेड पनि स्थायी कमिटी बैठक कम्तीमा बजेटभन्दा पहिले नगरौँ भन्ने निश्कर्षमा पुग्नुभएको होला।”

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २५ वैशाखका लागि बोलाएको स्थायी कमिटी बैठक त्यसको अघिल्लो साँझ एकाएक स्थगित भयो।

"> स्थायी कमिटी बैठक माग गर्ने २० नेता, ‘अगेनो’मा बसेपछि तितरबितर !: Dekhapadhi
स्थायी कमिटी बैठक माग गर्ने २० नेता, ‘अगेनो’मा बसेपछि तितरबितर !

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्