महरामाथि लागेको आरोपको अनुसन्धान पूरा नभई सभामुखको निर्वाचन गराउन मिल्दैनः पौडेल
काठमाडौं। नेकपाका नेता देवेन्द्र पौडेलले कृष्णबहादुर महरामाथि लगाइएको आरोपबारे अनुसन्धान पूरा नभई सभामुख पदको निर्वाचन गराउन नमिल्ने बताएका छन्।

आज काठमाडौंमा भएको एक कार्यक्रममा नेता पौडेलले त्यसको अनुसन्धान भइरहेका बेला सभामुखको निर्वाचन गराउन नमिल्ने बताएका हुन्।

यौन दूराचारको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका छन्।

नेता पाैडेलले सभामुखको निर्वाचन विधिसम्मत ढंगले गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए।

संविधानले फरक दलको सभामुख र उपसभामुख हुने व्यवस्था गरेकाले आफ्नो पार्टी सोहीअनुसार अघि बढ्न तयार रहेको नेता पौडेलको भनाइ छ।

नेता पौडेलले जनमतबाट निर्वाचित सरकारलाई दुईतिहाइको दम्भ देखायो भनेर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जनमतकै अपमान गरिरहेको आरोप पनि लगाए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्