पाेखरेल कार्यवाहक प्रधानमन्त्री <p>काठमाडाैं। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री ताेकिएका छन्।</p> <p>नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलेले प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री पोखरेललाई उक्त जिम्मेवारी ताेकेकी हुन्।</p> <p>प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १८औं शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अजरबैजानको बाकुतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्रीकाे अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम पाेखरेलले सम्हाल्ने छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्