उपनिर्वाचनको लागि आचारसंहिता जारी, ८ कात्तिकदेखि कार्यान्वयन हुने
काठमाडौं । निर्वाचन आयोगले १४ मंसीरमा हुने उपनिर्वाचनका लागि आचारसंहिता जारी गरेको छ ।

आयोगका अनुसार निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शीरुपमा सम्पन्न गर्न आचारसंहिता जारी गरिएको हो ।

भोलि, ८ कात्तिकदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले जनाएको छ ।

१४ मंसीरमा प्रतिनिधिसभा सदस्यका लागि एक, प्रदेशसभाका लागि तीन, नगरपालिका प्रमुखका लागि एक, गाउँपालिका अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि एक र वडाध्यक्ष ४३ गरी ५२ पदमा निर्वाचन हुँदैछ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्