कांग्रेसलाई उम्मेदवार छान्‍न सकस
काठमाडौं। आउँदो १४ मंसिरमा हुने उपनिर्वाचनमा आकांक्षी बढेपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई उम्मेदवार छान्न सकस परेको छ।

पार्टी विधान अनुसार जिल्ला कार्यसमितिको रायमा प्रदेश कार्यसमितिले बढीमा ३ जना उम्मेदवारको नाम सिफारिस गर्न यसअघि केन्द्रले निर्देशन दिएको थियो।

तर, धेरै उम्मेदवारको नामावली आएपछि थप छलफल आवश्यकता परेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

उम्मेदवारको बारेमा निर्णय गर्न हिजो बोलाइएको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ।

प्रवक्ता शर्माका अनुसार बैठकमा प्रस्ताव गरिएका विषय बारेमा पर्याप्त छलफल नभएकाले बैठक बस्न सकेन।

शर्माले सबैभन्दा बढी कास्कीबाट १६ जना, भक्तपुरबाट १० जना, बाग्लुङबाट ४ जना र दाङबाट ११ जनाको नाम प्राप्त भएको जानकारी दिए।

पुनः सिफारिस गरि पठाउन निर्देशन गर्ने वा केन्द्रले नै निर्णय गर्ने भन्ने छलफल गरी टुुंग्याइने कांग्रेसले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्