एक मधेश एक प्रदेश हुन सक्दैनः गच्छदार <p>काठमाडाैं। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले देशमा &lsquo;एक मधेश एक प्रदेश&rsquo;मा जान नहुने बताएका छन्।&nbsp;</p> <p>गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली कांगेसबाट गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले संयुक्तरूपमा आयोजना गरेको शुभ दीपावली, नेपाल संवत् ११४० एवं छठ पर्व २०७६ को अवसरमा आज आयोजित &lsquo;शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा&rsquo; कांग्रेसका उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने बताएका हुन्।</p> <p>&ldquo;म भन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेश हो । मधेशभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन,&rdquo; उनले भने।</p> <p>आफू अहिले सत्तामा नरहेको बताउँदै उनले थारु र जनजातिको हकमा लडेको मान्छेले समग्र मुलुकको हितमा लड्नुपर्छ भनी यस पार्टीमा लागि परेको गच्छदारकाे भनाइ छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्