नेकपाकी नेतृ सुवेदीको निधन
काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टीकी नेतृ कमला सुवेदीकाे निधन भएकाे छ।

संविधानसभा सदस्य तथा तत्कालीन नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहेकी सुवेदीकाे ५० वर्षकाे उमेरमा निधन भएकाे हाे।

सुवेदी दोस्रो संविधान सभामा समानुपातिकतर्फबाट सभासद बनेकी थिइन्।

रामेछापको मन्थली  घर भएकी सुवेदीको श्रीमान, एक छोरी र एक छोरा छन्।

उनकाे निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री, पर्यटनमन्त्रीलगायत नेकपाका नेता कार्यकर्ताले दिवंगत सुवेदीप्रति श्रद्धासुमन अर्पणका साथै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्