काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू र आफू निकटका स्थायी कमिटी सदस्यहरूलाई परामर्शका लागि बालुवाटार बोलाएका छन्। अहिले छलफल जारी रहेको बताइएको छ।
नेकपाको जारी स्थायी कमिटी बैठकको बीचको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।
बालुवाटार पुगेका एक मन्त्रीले देखापढीसँग भने, "समसामयिक विषयमा छलफल गर्न बोलाउनुभएको हो।"
हिजोको बैठक शुरू हुनुअघि पनि प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको थियो।
१० असारदेखि शुरू भएको स्थायी कमिटी बैठकको आज पाँचौ दिन ११ बजेदेखि बैठक डाकिएको छ।
हिजो, १६ असारको बैठकमा पूर्वनिर्धारित अजेन्डामा छलफल नभइ प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा ‘मिचिएको भू-भाग समेटेर नक्सा सार्वजनिक गर्दै सरकारले आफ्नो भूमि फिर्ता ल्याउन खोजेपछि’ सरकार गिराउन खोजिएको भन्दै दिएको अभिव्यक्तिमा केन्द्रित भएको थियो।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमाथि अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले प्रश्न उठाएका छन्।
बैठकमा नेकपा एमाले नामको नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन परेको भन्ने विषयमा पनि छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू र आफू निकटका स्थायी कमिटी सदस्यहरूलाई परामर्शका लागि बालुवाटार बोलाएका छन्। अहिले छलफल जारी रहेको बताइएको छ।नेकपाको जारी स्थायी कमिटी बैठकको बीचको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।

">