काठमाडौं। संघीय संसद्को प्रतिनिधि सभाको आजको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक सांसद र संविधानसभामा बाग्लुङबाट निर्वाचित भएकी नेपाली कांग्रेसकी नेतृ ज्ञानकुमारी छन्त्यालको आज निधन भएको थियो।
शहिद गंगालाल हृदयरोग केन्द्रमा उपचारको क्रममा छन्त्यालको ६३ वर्षको उमेरमा आज बिहान निधन भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको आजको बैठकमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए।
बैठकले शोक प्रस्ताव पारित गरेपछि एक मिनेट मौनधारण गरेर स्वर्गीय छन्त्यालप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो। त्यसलगत्तै सभामुखले २२ असार दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित गरिएको जानकारी गराए।