प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले केही मन्त्री र आफूनिकट स्थायी कमिटी सदस्यहरूलाई बोलाएर स्थायी कमिटीमा देखिएको विवादका विषयमा छलफल गरेका थिए।
छलफलमा सहभागी भएका नेताहरूले स्थायी कमिटीको बैठकलाई केही दिन रोकेर भए पनि सचिवालय बैठकमा छलफल गरी एउटा साझा धारणा बनाएर आउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएको उनले बताए।
भट्टराईले ओलीलाई पार्टीमा ‘ब्लेम गेम’ र ‘प्रोक्सी वार’को अवस्थालाई अन्त्य गर्न पहलकदमी लिन सुझाव दिएको बताए। भट्टराईले भने, “अहिले पार्टीभित्र चलिरहेको ‘ब्लेम गेम’ र ‘प्रोक्सी वार’को अन्त्य गरिनुपर्छ भन्ने सुझाव दिएका छौं।”
विभिन्न कालखण्डमा मृत्युलाई जितेर आएका नेताहरूले समस्या हल गर्न नसक्ने र विभाजनतिर जाने हो भने इतिहासले लखेट्ने भएकाले सहमति र एकतालाई सुदृढ बनाएर जान प्रधानमन्त्रीलाई सुझाव दिएको भट्टराईले बताए।
पार्टीको उच्च नेतृत्व तहमा चरम विश्वासको संकट उत्पन्न भएको र त्यसलाई समाधान गर्न सुझाव दिएको उनले बताए।
“दुईवटा अध्यक्षको बीचमा हार्दिक सम्बन्ध हुनुपर्यो। पार्टीको सचिवायलमा राम्रो सम्बन्ध हुनुपर्यो। स्थायी कमिटिको बीचमा सम्बन्ध हुनुपर्यो। र सिंगो केन्द्रीय कमिटी र पार्टी पंत्तिमा एउटा हार्दिक भावना विकास हुनुपर्यो, त्यसका निम्ती पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रूपमा तपाईंले नै ज्यादा पहलकदमी लिनुपर्यो भनेका छौं,” भट्टराईले भने।

“मृत्युलाई जितेर आउने नेताहरूले सानातिना समस्यालाई हल गर्न सकिँदैन र विभाजनतिर जान्छौं भन्ने हो भने तपाईंहरूको योग्यतामाथि गम्भीर प्रश्न उठ्छ,” प्रधानमन्त्रीलाई दिएको सुझाव सुनाउँदै भट्टराईले भने, “तपाईंहरूलाई कार्यकर्ताले मात्रै प्रश्न उठाउँदैनन्, जनताले प्रश्न उठाउँछन्, इतिहासले प्रश्न उठाउँछ र तपाईंहरूको मृत्यु र जीवनपछि पनि इतिहासले तपाईंहरूलाई लखेटिरहन्छ। यो कदम कुनै पनि हालतमा नेकपालाई सह्य हुँदैन।”
हिजोको बैठकको अवस्था हेर्दा आन्तरिक कलहको हिसाबले नेकपा निकै संकटमा रहेको देखिएको उनले बताए।
" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्र ‘ब्लेम गेम’ र ‘प्रोक्सी वार’को अवस्था अन्त्य गर्न सुझाव दिएको बताएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले केही मन्त्री र आफूनिकट स्थायी कमिटी सदस्यहरूलाई बोलाएर स्थायी कमिटीमा देखिएको विवादका विषयमा छलफल गरेका थिए।

">