काठमाडौं। ललितपुरको झम्सिखेलस्थित अगेनो बेकरीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू भेला भएका छन्।
सो भेलामा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा केही मन्त्रीहरू पनि सहभागी भएको एक नेताले बताए।
भेलामा नेकपा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, नेताहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत सहभागी छन्। स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने अडानमा कायम रहने निर्णय भएको अगेनो बैठकका सहभागि एक नेताले देखापढीलाई बताए।
पछिल्लो समय पार्टीभित्र अन्तरविरोध भएपछि दाहाल र ओली समूहले छुट्टाछुट्टै भेला गर्न थालेका छन्। प्रधानमन्त्री ओलीले आजै विहान बालुवाटारमा स्थायी कमिटीका आफूपक्षीय सदस्यहरुलाई बोलाएर छलफल गरेका थिए। बालुवाटारको भेलामा सहभागीहरुले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको आन्तरिक समस्या समाधानको पहलकदमी लिन आग्रह गरेका थिए।
स्थायी कमिटीको बैठक केही दिन स्थगित गरेर भए पनि सचिवालयबाट नेताहरुलाई एकमत भएर प्रस्तुत हुन बालुवाटार छलफलका सहभागीले सुझाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी गराए।
" /> काठमाडौं। ललितपुरको झम्सिखेलस्थित अगेनो बेकरीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू भेला भएका छन्।सो भेलामा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा केही मन्त्रीहरू पनि सहभागी भएको एक नेताले बताए।

">