कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथि अहिलेसम्म प्रदेश सभामा छलफल नै शुरू हुन सकेको छैन। प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालको निरन्तर अवरोधका कारण प्रदेश सभा सञ्चालन हुन नसकेको हो। बैठक सञ्चालन हुन नसकेपछि बजेट आएको १७ दिन पुग्दा समेत बजेटमाथि कुनै छलफल नै हुन नसकेको हो।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालको अवरोधले १० असारयता दुईवटा बैठक अवरुद्ध भएका छन् भने तय गरिएका अरु दुई बैठक स्थगित भएका छन्। बजेटमाथिको छलफलका लागि १० असारमा बोलाइएको पहिलो बैठक शुरू भएलगत्तै प्रतिपक्षका प्रदेश सभा सदस्यले आ–आफ्नो सिटबाट उठेर विरोध जनाएपछि अवरुद्ध भएको थियो। त्यसको दुई दिनपछि १२ असारमा डाकिएको अर्को बैठक पनि प्रतिपक्षको विरोधले अवरुद्ध भएको थियो।

प्रतिपक्ष दलले अवरोध गर्ने पूर्वसूचना पाएपछि १४ र १६ असारमा बोलाइएका बैठक सूचना टाँस गरेर स्थगित गरिएका छन्। दुवै दलले धनगढीमा संयुक्त पत्रकार सम्मेलन गरेर सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि ठोस कार्यक्रम नल्याएसम्म सदन चल्न नदिने बताएका छन्। सरकारले रातो किताब छाप्न नसकेकाले १० असारअघि बजेटमाथिको छलफल तय गरिएको थिएन।

प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले कोरोना रोकथामका लागि सरकारले कुनै पनि कार्य गर्न नसकेको आरोप लगाए। उनले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनमा बसेकाहरूलाई परीक्षणबिनै घर पठाउन नहुने लगायतका माग आफूहरूले गरेको बताए।

संसद् अवरोधबारे सरकार र विपक्षी दलबीच छलफल

सुदूरपश्चिम प्रदेश सभामा निरन्तर भइरहेको अवरोधबारे हिजो प्रदेश सरकार र प्रतिपक्ष दलहरूबीच छलफल भएको छ। प्रदेश सरकार तथा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूबीच संसद् अवरोधबारे छलफल भएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए।

बैठकमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह र जनता समाजवादी पार्टी संसदीय दलका नेता कृष्णबहादुर चौधरी लगायतको सहभागिता रहेको नेता रावलले बताए। हिजोको बैठकमा प्रतिपक्ष दलका प्रतिनिधिहरूले संसद अवरोध गर्नुका कारण र आफ्ना सवालबारे सरकारलाई जानकारी गराएका थिए।

छलफलमा सहभागी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता रावलले सरकारले गृहकार्य गरेर आज पुनः छलफलका लागि बोलाउने बताएको जानकारी दिए। हिजो सरकार र प्रतिपक्ष दलहरूबीचको छलफल निश्कर्षमा नपुगेपछि आज दिउँसो ३ बजे आह्वान गरिएको संसद बैठक पनि प्रभावित हुनसक्ने देखिएको छ।

प्रमुख प्रतिपक्ष दलका नेता रावलले जबसम्म सरकारले आफूहरूले उठाएका मागबारे गम्भीरतापूर्वक सम्बोधन गर्दैन, तबसम्म सदन चल्न नदिने बताए। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले सरकार र प्रतिपक्ष दलहरूबीच संसद अवरोध निकासका लागि छलफल जारी रहेको बताए।

" /> कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथि अहिलेसम्म प्रदेश सभामा छलफल नै शुरू हुन सकेको छैन। प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालको निरन्तर अवरोधका कारण प्रदेश सभा सञ्चालन हुन नसकेको हो। बैठक सञ्चालन हुन नसकेपछि बजेट आएको १७ दिन पुग्दा समेत बजेटमाथि कुनै छलफल नै हुन नसकेको हो।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालको अवरोधले १० असारयता दुईवटा बैठक अवरुद्ध भएका छन् भने तय गरिएका अरु दुई बैठक स्थगित भएका छन्। बजेटमाथिको छलफलका लागि १० असारमा बोलाइएको पहिलो बैठक शुरू भएलगत्तै प्रतिपक्षका प्रदेश सभा सदस्यले आ–आफ्नो सिटबाट उठेर विरोध जनाएपछि अवरुद्ध भएको थियो। त्यसको दुई दिनपछि १२ असारमा डाकिएको अर्को बैठक पनि प्रतिपक्षको विरोधले अवरुद्ध भएको थियो।

प्रतिपक्ष दलले अवरोध गर्ने पूर्वसूचना पाएपछि १४ र १६ असारमा बोलाइएका बैठक सूचना टाँस गरेर स्थगित गरिएका छन्। दुवै दलले धनगढीमा संयुक्त पत्रकार सम्मेलन गरेर सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि ठोस कार्यक्रम नल्याएसम्म सदन चल्न नदिने बताएका छन्। सरकारले रातो किताब छाप्न नसकेकाले १० असारअघि बजेटमाथिको छलफल तय गरिएको थिएन।

प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले कोरोना रोकथामका लागि सरकारले कुनै पनि कार्य गर्न नसकेको आरोप लगाए। उनले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनमा बसेकाहरूलाई परीक्षणबिनै घर पठाउन नहुने लगायतका माग आफूहरूले गरेको बताए।

संसद् अवरोधबारे सरकार र विपक्षी दलबीच छलफल

सुदूरपश्चिम प्रदेश सभामा निरन्तर भइरहेको अवरोधबारे हिजो प्रदेश सरकार र प्रतिपक्ष दलहरूबीच छलफल भएको छ। प्रदेश सरकार तथा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूबीच संसद् अवरोधबारे छलफल भएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए।

बैठकमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह र जनता समाजवादी पार्टी संसदीय दलका नेता कृष्णबहादुर चौधरी लगायतको सहभागिता रहेको नेता रावलले बताए। हिजोको बैठकमा प्रतिपक्ष दलका प्रतिनिधिहरूले संसद अवरोध गर्नुका कारण र आफ्ना सवालबारे सरकारलाई जानकारी गराएका थिए।

छलफलमा सहभागी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता रावलले सरकारले गृहकार्य गरेर आज पुनः छलफलका लागि बोलाउने बताएको जानकारी दिए। हिजो सरकार र प्रतिपक्ष दलहरूबीचको छलफल निश्कर्षमा नपुगेपछि आज दिउँसो ३ बजे आह्वान गरिएको संसद बैठक पनि प्रभावित हुनसक्ने देखिएको छ।

प्रमुख प्रतिपक्ष दलका नेता रावलले जबसम्म सरकारले आफूहरूले उठाएका मागबारे गम्भीरतापूर्वक सम्बोधन गर्दैन, तबसम्म सदन चल्न नदिने बताए। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले सरकार र प्रतिपक्ष दलहरूबीच संसद अवरोध निकासका लागि छलफल जारी रहेको बताए।

"> प्रदेश सभा बैठक निरन्तर अबरुद्ध, बजेटमाथि छलफल हुन सकेन: Dekhapadhi
प्रदेश सभा बैठक निरन्तर अबरुद्ध, बजेटमाथि छलफल हुन सकेन
कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथि अहिलेसम्म प्रदेश सभामा छलफल नै शुरू हुन सकेको छैन। प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालको निरन्तर अवरोधका कारण प्रदेश सभा सञ्चालन हुन नसकेको हो। बैठक सञ्चालन हुन नसकेपछि बजेट आएको १७ दिन पुग्दा समेत बजेटमाथि कुनै छलफल नै हुन नसकेको हो।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालको अवरोधले १० असारयता दुईवटा बैठक अवरुद्ध भएका छन् भने तय गरिएका अरु दुई बैठक स्थगित भएका छन्। बजेटमाथिको छलफलका लागि १० असारमा बोलाइएको पहिलो बैठक शुरू भएलगत्तै प्रतिपक्षका प्रदेश सभा सदस्यले आ–आफ्नो सिटबाट उठेर विरोध जनाएपछि अवरुद्ध भएको थियो। त्यसको दुई दिनपछि १२ असारमा डाकिएको अर्को बैठक पनि प्रतिपक्षको विरोधले अवरुद्ध भएको थियो।

प्रतिपक्ष दलले अवरोध गर्ने पूर्वसूचना पाएपछि १४ र १६ असारमा बोलाइएका बैठक सूचना टाँस गरेर स्थगित गरिएका छन्। दुवै दलले धनगढीमा संयुक्त पत्रकार सम्मेलन गरेर सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि ठोस कार्यक्रम नल्याएसम्म सदन चल्न नदिने बताएका छन्। सरकारले रातो किताब छाप्न नसकेकाले १० असारअघि बजेटमाथिको छलफल तय गरिएको थिएन।

प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले कोरोना रोकथामका लागि सरकारले कुनै पनि कार्य गर्न नसकेको आरोप लगाए। उनले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनमा बसेकाहरूलाई परीक्षणबिनै घर पठाउन नहुने लगायतका माग आफूहरूले गरेको बताए।

संसद् अवरोधबारे सरकार र विपक्षी दलबीच छलफल

सुदूरपश्चिम प्रदेश सभामा निरन्तर भइरहेको अवरोधबारे हिजो प्रदेश सरकार र प्रतिपक्ष दलहरूबीच छलफल भएको छ। प्रदेश सरकार तथा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूबीच संसद् अवरोधबारे छलफल भएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए।

बैठकमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह र जनता समाजवादी पार्टी संसदीय दलका नेता कृष्णबहादुर चौधरी लगायतको सहभागिता रहेको नेता रावलले बताए। हिजोको बैठकमा प्रतिपक्ष दलका प्रतिनिधिहरूले संसद अवरोध गर्नुका कारण र आफ्ना सवालबारे सरकारलाई जानकारी गराएका थिए।

छलफलमा सहभागी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता रावलले सरकारले गृहकार्य गरेर आज पुनः छलफलका लागि बोलाउने बताएको जानकारी दिए। हिजो सरकार र प्रतिपक्ष दलहरूबीचको छलफल निश्कर्षमा नपुगेपछि आज दिउँसो ३ बजे आह्वान गरिएको संसद बैठक पनि प्रभावित हुनसक्ने देखिएको छ।

प्रमुख प्रतिपक्ष दलका नेता रावलले जबसम्म सरकारले आफूहरूले उठाएका मागबारे गम्भीरतापूर्वक सम्बोधन गर्दैन, तबसम्म सदन चल्न नदिने बताए। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले सरकार र प्रतिपक्ष दलहरूबीच संसद अवरोध निकासका लागि छलफल जारी रहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्