काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरूसँग छलफल गरिरहेका छन्। आफ्नो निवास खुमलटारमा छलफलका लागि दाहालले ओली निकटका सचिवालय र स्थायी कमिटीका सदस्यलाई बोलाएका हुन्। खुमलटार स्रोतका अनुसार बिहान साढे ८ बजेदेखि खुमलटारमा नेताहरूबीच छलफल भइरहेको छ। १० असारबाट शुरू भएको सत्तारूढ दल नेकपाको स्थायी कमिटी बैठकमा पार्टी भित्रको विवाद तीव्र बनेको छ।

नेताहरूबीच बैठक जारी रहेकै बेला गोप्य छलफल र भेटवार्ता भइरहेका छन्। स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालसहितका बहुमत स्थायी कमिटीका सदस्यले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने अडान कायम राखेपछि विवादले चर्को रूप लिएको हो।

असार १४ गते प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्न भारत सक्रिय रहेको र नेताहरू पनि सामेल रहेको भन्ने अभिव्यक्तिले स्थायी कमिटी बैठकले नयाँ मोड लिएको हो। कार्यसूची तय गरेर शुरू भएको बैठकमा ओलीको उक्त अभिव्यक्तिपछि बैठकमा नयाँ विषयले ठाउँ लिएको छ।

अध्यक्ष दाहालसँग पछिल्लो समय पार्टीमा देखिएको विवाद र असन्तुष्टीका बारेमा छलफल गर्न ओली निकटका नेताहरू ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञपाली र विष्णु रिमालसहितका नेताहरू खुमलटार पुगेका हुन्।

बैठकमा सहभागी स्थायी कमिटीका एक सदस्यका अनुसार छलफलमा दाहाल निकटका नेतताहरू पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठ, जनार्दन शर्मा, मातृका यादव, हरिवोल गजुरेल, वर्षमान पुन र सुरेन्द्र पाण्डे पनि सहभागी छन्। पार्टीभित्र आफ्नो राजीनामाको माग तीव्र रूपले उठेपछि हिजो बिहान ओलीले आफू निकटका मन्त्री, स्थायी कमिटी सदस्य तथा दाहाल–नेपाल समूहका केही नेताहरूलाई बोलाएर छलफल गरेका थिए।

त्यसपछि बालुवाटारमा नै पार्टीको जारी स्थायी कमिटीको बैठक शुरू भएको थियो। तर, हिजो बैठक डेढ घण्टा मात्र बसेर सकिएको थियो। बिहान ओलीले नेताहरूसँग छलफल गरेपछि साँझ ललितपुरको झम्सिखेलस्थित् अगेनो बेकरीमा दाहाल–नेपाल समूहको भेला भएको थियो। उक्त भेलाले ओलीलाई दुवै पदबाट राजीनामा दिन निर्देशन दिने निर्णय गर्दै स्थायी कमिटीको बैठकमा सोही अनुसार प्रस्तुत हुने निर्णय गरेको थियो।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरूसँग छलफल गरिरहेका छन्। आफ्नो निवास खुमलटारमा छलफलका लागि दाहालले ओली निकटका सचिवालय र स्थायी कमिटीका सदस्यलाई बोलाएका हुन्। खुमलटार स्रोतका अनुसार बिहान साढे ८ बजेदेखि खुमलटारमा नेताहरूबीच छलफल भइरहेको छ। १० असारबाट शुरू भएको सत्तारूढ दल नेकपाको स्थायी कमिटी बैठकमा पार्टी भित्रको विवाद तीव्र बनेको छ।

नेताहरूबीच बैठक जारी रहेकै बेला गोप्य छलफल र भेटवार्ता भइरहेका छन्। स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालसहितका बहुमत स्थायी कमिटीका सदस्यले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने अडान कायम राखेपछि विवादले चर्को रूप लिएको हो।

असार १४ गते प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्न भारत सक्रिय रहेको र नेताहरू पनि सामेल रहेको भन्ने अभिव्यक्तिले स्थायी कमिटी बैठकले नयाँ मोड लिएको हो। कार्यसूची तय गरेर शुरू भएको बैठकमा ओलीको उक्त अभिव्यक्तिपछि बैठकमा नयाँ विषयले ठाउँ लिएको छ।

अध्यक्ष दाहालसँग पछिल्लो समय पार्टीमा देखिएको विवाद र असन्तुष्टीका बारेमा छलफल गर्न ओली निकटका नेताहरू ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञपाली र विष्णु रिमालसहितका नेताहरू खुमलटार पुगेका हुन्।

बैठकमा सहभागी स्थायी कमिटीका एक सदस्यका अनुसार छलफलमा दाहाल निकटका नेतताहरू पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठ, जनार्दन शर्मा, मातृका यादव, हरिवोल गजुरेल, वर्षमान पुन र सुरेन्द्र पाण्डे पनि सहभागी छन्। पार्टीभित्र आफ्नो राजीनामाको माग तीव्र रूपले उठेपछि हिजो बिहान ओलीले आफू निकटका मन्त्री, स्थायी कमिटी सदस्य तथा दाहाल–नेपाल समूहका केही नेताहरूलाई बोलाएर छलफल गरेका थिए।

त्यसपछि बालुवाटारमा नै पार्टीको जारी स्थायी कमिटीको बैठक शुरू भएको थियो। तर, हिजो बैठक डेढ घण्टा मात्र बसेर सकिएको थियो। बिहान ओलीले नेताहरूसँग छलफल गरेपछि साँझ ललितपुरको झम्सिखेलस्थित् अगेनो बेकरीमा दाहाल–नेपाल समूहको भेला भएको थियो। उक्त भेलाले ओलीलाई दुवै पदबाट राजीनामा दिन निर्देशन दिने निर्णय गर्दै स्थायी कमिटीको बैठकमा सोही अनुसार प्रस्तुत हुने निर्णय गरेको थियो।

"> खुमलटारमा ओली निकटका नेताहरूसँग छलफलमा दाहाल: Dekhapadhi
खुमलटारमा ओली निकटका नेताहरूसँग छलफलमा दाहाल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरूसँग छलफल गरिरहेका छन्। आफ्नो निवास खुमलटारमा छलफलका लागि दाहालले ओली निकटका सचिवालय र स्थायी कमिटीका सदस्यलाई बोलाएका हुन्। खुमलटार स्रोतका अनुसार बिहान साढे ८ बजेदेखि खुमलटारमा नेताहरूबीच छलफल भइरहेको छ। १० असारबाट शुरू भएको सत्तारूढ दल नेकपाको स्थायी कमिटी बैठकमा पार्टी भित्रको विवाद तीव्र बनेको छ।

नेताहरूबीच बैठक जारी रहेकै बेला गोप्य छलफल र भेटवार्ता भइरहेका छन्। स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालसहितका बहुमत स्थायी कमिटीका सदस्यले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने अडान कायम राखेपछि विवादले चर्को रूप लिएको हो।

असार १४ गते प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्न भारत सक्रिय रहेको र नेताहरू पनि सामेल रहेको भन्ने अभिव्यक्तिले स्थायी कमिटी बैठकले नयाँ मोड लिएको हो। कार्यसूची तय गरेर शुरू भएको बैठकमा ओलीको उक्त अभिव्यक्तिपछि बैठकमा नयाँ विषयले ठाउँ लिएको छ।

अध्यक्ष दाहालसँग पछिल्लो समय पार्टीमा देखिएको विवाद र असन्तुष्टीका बारेमा छलफल गर्न ओली निकटका नेताहरू ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञपाली र विष्णु रिमालसहितका नेताहरू खुमलटार पुगेका हुन्।

बैठकमा सहभागी स्थायी कमिटीका एक सदस्यका अनुसार छलफलमा दाहाल निकटका नेतताहरू पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठ, जनार्दन शर्मा, मातृका यादव, हरिवोल गजुरेल, वर्षमान पुन र सुरेन्द्र पाण्डे पनि सहभागी छन्। पार्टीभित्र आफ्नो राजीनामाको माग तीव्र रूपले उठेपछि हिजो बिहान ओलीले आफू निकटका मन्त्री, स्थायी कमिटी सदस्य तथा दाहाल–नेपाल समूहका केही नेताहरूलाई बोलाएर छलफल गरेका थिए।

त्यसपछि बालुवाटारमा नै पार्टीको जारी स्थायी कमिटीको बैठक शुरू भएको थियो। तर, हिजो बैठक डेढ घण्टा मात्र बसेर सकिएको थियो। बिहान ओलीले नेताहरूसँग छलफल गरेपछि साँझ ललितपुरको झम्सिखेलस्थित् अगेनो बेकरीमा दाहाल–नेपाल समूहको भेला भएको थियो। उक्त भेलाले ओलीलाई दुवै पदबाट राजीनामा दिन निर्देशन दिने निर्णय गर्दै स्थायी कमिटीको बैठकमा सोही अनुसार प्रस्तुत हुने निर्णय गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्