स्थायी कमिटी बैठकअघि राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार प्रधानमन्त्री ओली सवा ११ बजे शीतल निवास पुगेका हुन।

समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री शितल निवास पुगेको उनले जानकारी दिए।

यता बालुवाटारमा नेकपा स्थायी कमिटीको बैठक शुरू हुन लागेको छ। अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरू बालुवाटार पुगिसकेका छन्।