काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आजको मन्त्रिपरिषद्को बैठकमा संसद्को बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय लिनु अघि मन्त्रीहरूलाई यसको कारण बताएका थिए। मन्त्रीहरूलाई बजेट अधिवेशन अन्त्य गर्ने कारण बताएपछि मात्र उनले उक्त निर्णय लिएका थिए।
“संसद्को केही बिजनेश छैन, भएका बिजनेश पनि सभामुखले अघि बढाउनु भएको छैन। नारिकता विधेयक, एमसीसी लगायतका कुरा अघि बढेका छैनन् भनेर प्रधानमन्त्रीले भन्नुभो”, एक मन्त्रीले देखापढीसँग भने। देशभर कोरोना भाइरसको महामारी रहेको बेला संसद् चालु हुँदा सांसदहरू जनता माझ जान नपाएको उनले बताएका थिए। बजेट अधिवेशन अन्त्य गर्दा सांसदहरू जिल्ला पुगी जनताको सेवा गर्न पाउने समेत उनले जनाएका थिए।
“कोरोना महामारीसँग जुधिरहेका जनतालाई साथ दिन सांसदहरू जिल्ला जान पाउनु भएको थिएन। संसद् अधिवेशन अन्त्य गरेपछि उहाँ (सांसद)हरू जिल्लामा गई जनताको सेवा गर्न पाउनु हुनेछ,” प्रधानमन्त्री ओलीलाई उदृत गर्दै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्यमाकुमारी अर्यालले भनिन्।
प्रधानमन्त्री ओलीले मन्दिपरिषद् बैठक बस्नुअघि आज शितल निवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए। त्यसपछि मन्त्रिपरिषद्को बैठकले आज साँझ ५ बजेबाट लागू हुनेगरी संसद्को बजेट अधिवेसन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय लिएको थियो।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आजको मन्त्रिपरिषद्को बैठकमा संसद्को बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय लिनु अघि मन्त्रीहरूलाई यसको कारण बताएका थिए। मन्त्रीहरूलाई बजेट अधिवेशन अन्त्य गर्ने कारण बताएपछि मात्र उनले उक्त निर्णय लिएका थिए।“संसद्को केही बिजनेश छैन, भएका बिजनेश पनि सभामुखले अघि बढाउनु भएको छैन। नारिकता विधेयक, एमसीसी लगायतका कुरा अघि बढेका छैनन् भनेर प्रधानमन्त्रीले भन्नुभो”, एक मन्त्रीले देखापढीसँग भने। देशभर कोरोना भाइरसको महामारी रहेको बेला संसद् चालु हुँदा सांसदहरू जनता माझ जान नपाएको उनले बताएका थिए। बजेट अधिवेशन अन्त्य गर्दा सांसदहरू जिल्ला पुगी जनताको सेवा गर्न पाउने समेत उनले जनाएका थिए।

">