बैठकको शून्य समयमा बोल्ने सांसदहरूले निजी र सार्वजनिक यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनुपर्ने र स्वास्थ्यकर्मीहरूको सुरक्षामा ध्यान दिनुपर्ने बताए।
सांसद रामनारायण विडारीले यातायात क्षेत्रमा नेपालीहरूको ठूलो लगानी रहेपनि यसलाई हेर्ने छुट्टै मन्त्रालय नहुँदा कठिनाइ भएको बताएका थिए। उनले यातायात व्यवसायीहरुलाई १० प्रतिशत पुनर्कर्जा, ढुवानीमा भ्याट छुट दिएर टिडिएस मात्रै लाग्ने व्यवस्था गर्न पनि सरकारसमक्ष आग्रह गरे।
सांसद विमलाई राई पौडेलले पछिल्लो समय स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन्। कोभिड-१९ संक्रमणको अवस्थामा स्वास्थ्यकर्मीको सुरक्षामा अझ बढी ध्यान दिनुपर्ने बताएकी सांसद पौडेलले स्वास्थ्यकर्मी नै असुरक्षित भए नागरिक कसरी सुरक्षित हुन्छन् भनि प्रश्न गरिन्।
सांसद शान्ति कुमारी अधिकारीले असारले विकासले विनास निम्त्याएको बताइन्। जेठ १५ मा बजेट सार्वजनिक भएर असारमा पास हुने भएपनि पुसमा मात्रै सम्झौता गर्न सुरू हुने परम्परा तोड्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै सांसद शेरबहादुर कुँवरले अस्तव्यस्त क्वारन्टिनका कारण कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए।