काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न दोस्रो तहका नेताहरूले परामर्श थालेका छन्।
पार्टीमा गम्भीर संकट देखा परेपछि नेकपाका दोस्रो तहका नेताहरूले एकतालाई जोगाउन परामर्श तथा छलफल अघि बढाएका हुन्।
पार्टी विवादबारे छलफल गर्न नेकपा दाेस्राे तहका नेताहरू आज कृषि तथा पशुपन्छी विकास मन्त्रीसमेत रहेका पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालको सरकारी निवासमा भेला भएका थिए। भेलामा सहभागी नेताहरूबीच भएकाे छलफलले कुनै पनि हालतमा पार्टीलाई विभाजन हुनबाट जोगाउनुपर्ने निष्कर्ष निकालेकाे स्थायी कमिटी सदस्य मणि थापाले जानकारी दिए। उनका अनुसार पार्टी एकता बचाउन आफूहरूले भूमिका खेल्नुपर्नेमा बैठकमा नेताहरू एकमत भएका छन्।
“पार्टी गम्भीर संकटमा छ। तर फुटमा नै जाला भन्ने आकलन गरिएको छैन,” उनले भने, “अहिले देखिएको विवाद पनि मिलाएर लैजान सकिन्छ भन्ने हामीलाई लाग्छ।”
बैठकले गरेको निर्णयका बारेमा दुवै अध्यक्षलाई भेटेर जानकारी गराउने जिम्मेवारी स्थायी कमिटी सदस्य भुसाललाई दिएको छ। दोस्रो तहका नेताहरूले दुवै अध्यक्ष र शीर्ष नेताहरूले छलफल र बहस गर्नुपर्ने कुरामा जोड दिएका छन्।
पार्टी एकता गर्दा बनाएको सिद्धान्तलाई आधार मानेर अगाडि बढ्नुपर्नेमा नेताहरूले जाेड दिएका छन्। "अहिलेसम्मको समग्र मूल्यांकन गरेर त्यही आधारभुत सिद्धान्तलाई मानेर अघि बढ्न सक्यौं भने पार्टी एकतालाई नयाँ कोर्समा लैजान सक्छौं भन्ने निचोड निकालेका छौं,” उनले देखापढीसँग भने।

“हिजो पार्टी एकता गर्दा दुई नेताबीचको कार्यविभाजन जसरी भएको थियो। त्यसलाई सबै नेताले ध्यान दिनुपर्यो,” एक अर्का सहभागी नेताले भने, “आपसी वार्ता र संवाद नगरेर समस्याको निचोड निस्कँदैन। पार्टी विभाजनमा जाँदा त्यसले कसैलाई फाइदा पनि गर्दैन।”
छलफलमा भुसाल, वर्षमान पुन, शंकर पोखरेल, योगेश भट्टराई, विष्णु रिमाल, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्ति बस्नेत, मणि थापालगायतका नेता सहभागी थिए।
नेकपाको जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू र स्थायी कमिटीका सदस्यहरूले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडान राखेपछि विवाद चुलिएको छ। ओलीले भने कुनै पनि हालतमा दुवै पद नछाड्ने प्रस्ट पारिसकेका छन्।
विवाद समाधानकै लागि भन्दै नेकपाले आज दिनभर छलफल गर्नका लागि स्थायी कमिटीकाे बैठक भाेलिसम्मका लागि स्थगित गरेकाे छ। नेकपा स्राेतका अनुसार आज अध्यक्षद्वय तथा अन्य शीर्ष नेताहरूबीच निर्णायक छलफल हुनेछ।
" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न दोस्रो तहका नेताहरूले परामर्श थालेका छन्।पार्टीमा गम्भीर संकट देखा परेपछि नेकपाका दोस्रो तहका नेताहरूले एकतालाई जोगाउन परामर्श तथा छलफल अघि बढाएका हुन्।

">