पार्टीको आन्तरिक विवाद समाधानका लागि ओली-दाहालबीच बालुवाटारमा छलफल

काठमाडौं। पार्टीभित्र उत्पन्न भएको विवाद समाधान गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष छलफलमा जुटेका छन्।

केहीबेर अघिदेखि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता जारी रहेको दाहालका प्रेस सल्लाहाकार विष्णु सापकोटाले देखापढीलाई बताए।

पार्टीभित्र बढेको विवादले संकट उत्पन्न भएपछि अध्यक्षद्वय छलफलमा जुटेका हुन्।

“आज दुईअध्यक्षबीच निर्णायक वार्ता हुन्छ”, एक स्थायी कमिटी सदस्यले भने, “पार्टीलाई विभाजन हुनबाट जोगाउनुपर्ने सबैको दबाब भएकाले पनि केही निष्कर्ष निस्कन्छ भन्ने छ।”

बालुवाटार स्रोतका अनुसार बैठकमा महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी छन्। पौडेल र शर्माले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि मूख्य भूमिका निभाएका थिए।

आज दुईअध्यक्षबीचको भेटवार्तामा उनीहरुको पनि सहभागितालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

पार्टी एकता गर्दा भएका सहमतिमा नै रहेर अध्यक्षबीच छलफल हुने र निष्कर्ष आउने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्