भक्तपुर। प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा सूर्यविनायकमा प्रदर्शन गरिएको छ।
स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो। सामाजिक सञ्जालबाट आह्वान गरिएको प्रदर्शनमा भेला भएका सयौँ नागरिकले अहिलेको समय प्रधानमन्त्री फेर्ने समय नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न चेतावनी दिएका छन्।
नेकपाको स्थायी कमिटीको बैठकमा राजीनामा गराउन माग उठेसँगै सडकमा उत्रिएका प्रदर्शनकारीहरूले जनताको अभिमत मान्न आग्रह गरे । प्रधानमन्त्री ओलीको राजीनामा माग्न छाडेर कोरोनाविरुद्धको लडाइँमा सबै ऐक्यबद्ध हुनुपर्ने वक्ताहरूको भनाइ थियो।
सूर्यविनायकमा शुरु भएको र्याली तथा प्रदर्शनमा विदेशी हस्तक्षेप बन्द गर, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, नागरिकता विधेयक पारित गर, राजनीतिक स्थिरता कायम गर जस्ता नारा लगाइएको थियो। रासस
" /> भक्तपुर। प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा सूर्यविनायकमा प्रदर्शन गरिएको छ।स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो। सामाजिक सञ्जालबाट आह्वान गरिएको प्रदर्शनमा भेला भएका सयौँ नागरिकले अहिलेको समय प्रधानमन्त्री फेर्ने समय नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न चेतावनी दिएका छन्।

">