पार्टी विधि, विधान र पद्धति अनुसार चल्न नसके समस्या आउने भएकाले सबैले विधि पद्धति अनुसार अगाडि बढ्नुपर्ने धर्नामा सहभागीहरूको भनाइ थियो। नेकपा केन्द्रीय सदस्य विजय पौडेलले नेताहरुले पार्टीको बैठकबाटै समाधान निकाल्नुपर्ने धारणा राखे। बैठक बाहिरबाट समाधान नहुने भन्दै उनले सामुहिक छलफलबाट नै निष्कर्ष निस्किने बताए। नीतिलाई प्राथमिकतामा राखेर अगाडि बढेमा समस्या समाधान हुने उनको बुझाइ छ।
केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले विधि र विधानभन्दा व्यक्ति प्रधान हुँदा पार्टी संचालनमा अहसजता आइपरेको बताइन्। विधि, विधान र पार्टीको बैठकबाट नै समस्याको समाधान खोज्नुपर्ने पनि उनले बताइन्।
अर्का केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले संवाद र विधानको पालनामार्फत जारी पार्टी विवादको समाधान खोजिनुपर्ने बताए।
" /> काठमाडौं। आन्तरिक विवाद वार्ताबाटै टुंगो लगाउन माग राख्दै नेकपाका केन्द्रीय सदस्यहरुले आज (शुक्रबार) पार्टी मुख्यालय धुम्बाराहीमा धर्नामा दिए।पार्टी विधि, विधान र पद्धति अनुसार चल्न नसके समस्या आउने भएकाले सबैले विधि पद्धति अनुसार अगाडि बढ्नुपर्ने धर्नामा सहभागीहरूको भनाइ थियो। नेकपा केन्द्रीय सदस्य विजय पौडेलले नेताहरुले पार्टीको बैठकबाटै समाधान निकाल्नुपर्ने धारणा राखे। बैठक बाहिरबाट समाधान नहुने भन्दै उनले सामुहिक छलफलबाट नै निष्कर्ष निस्किने बताए। नीतिलाई प्राथमिकतामा राखेर अगाडि बढेमा समस्या समाधान हुने उनको बुझाइ छ।

">