बिहान ११ बजेका लागि बैठक तय भइसकेको छ। आजको सातौं बैठक पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधान गर्न केन्द्रित हुने बताइएको छ।
पार्टी फुटको अवस्थासम्म पुगेको भन्दै नेताहरु विवाद समाधानका लागि केही दिनदेखि छलफलमा व्यस्त रहेका छन्।
हिजो बालुवाटारमा पार्टीभित्र देखिएको विवाद समाधान गर्नका लागि दुई अध्यक्षबीच लामो छलफल भए पनि निष्कर्ष निस्केको थिएन। आज बस्ने स्थायी कमिटीको बैठकअघि पुनः छलफल गर्ने गरेर दुई अध्यक्षबीचको भेटवार्ता सकिएको थियो।
तर, अहिलेसम्म पनि दुई अध्यक्षबीच छलफलको कुनै टुंगो लागेको छैन।
उता अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा भने माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठसहितका केही नेताहरु स्थायी कमिटी बैठक बस्नुअघि छलफलमा जुटेका छन्।
आजको स्थायी कमिटी बैठक पूर्वनिर्धारित कार्यसूचीभन्दा पनि अहिले देखिएको विवाद समाधानतर्फ नै केन्द्रित हुने देखिएको छ।
असार १४ गते प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्न भारत सक्रिय रहेको र नेताहरु पनि सामेल रहेको भन्ने अभिव्यक्ति दिएपछि नेकपाभित्र एकता नै संकटको अवस्थामा पुगेको आकलन गरिएको छ।
दाहाल-नेपाल समूहले दुवै पदबाट राजीनामा दिनुपर्ने अडान राखेपछि त्यसमा अर्का अध्यक्ष एवं प्रधानमन्त्रीले कुनै पनि हालतमा दुवै पद नछाड्ने र अन्य विषयमा सहमति गर्न सक्ने प्रस्ट पारिसकेका छन्।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु पनि सक्रिय भएका छन्। एद्यपि, समस्या समाधानको बिन्दु भने पहिल्याउन सकेका छैनन्।

" /> काठमाडौं। असार १० गतेदेखि जारी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ।बिहान ११ बजेका लागि बैठक तय भइसकेको छ। आजको सातौं बैठक पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधान गर्न केन्द्रित हुने बताइएको छ।

">