काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीलाई कुनै व्यक्तिका आ–आफ्ना स्वार्थपुर्तिको हतियार बनाउन नहुने बताएका छन्। र, पार्टीभित्र देखिएको विवाद सीमित नेताहरूको समस्या मात्र नभएर राष्ट्र र कम्युनिष्ट आन्दोलनको समस्याका रूपमा देखिएको उनले उल्लेख गरेका छन्।
नेकपा एकताका सुत्रधारमध्ये एक शर्माले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी एकताको पक्षमा उभिन सबैलाई अपील गरेका छन्। ‘पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता/कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ। म दृढतापूर्वक भन्न चाहन्छु पार्टी फुट्दैन, फुटाउन दिँइदैन। पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आआफ्ना स्वार्थपुर्तिको हतियार बन्न दिनु हुँदैन’, उनले लेखेका छन्, ‘तसर्थ, एकता गर्दा गरिएका सहमति,आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रूपान्तरणसहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौं।”
नेकपा नेता शर्माले कार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त नभएको स्मरण गराएका छन्। नेकपाभित्र पछिल्लो समय विवाद चुलिएको छ। विवादकै कारण स्थायी कमिटीको बैठक २२ असारसम्म स्थगित भएको छ। खासगरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच तीव्र विवाद छ।
अध्यक्ष दाहाललाई वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमलगायतले साथ दिएका छन्। ओलीले अध्यक्ष, प्रधानमन्त्री वा दुवै पदबाट राजीनामा दिनुपर्ने उनीहरूको माग छ।
" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीलाई कुनै व्यक्तिका आ–आफ्ना स्वार्थपुर्तिको हतियार बनाउन नहुने बताएका छन्। र, पार्टीभित्र देखिएको विवाद सीमित नेताहरूको समस्या मात्र नभएर राष्ट्र र कम्युनिष्ट आन्दोलनको समस्याका रूपमा देखिएको उनले उल्लेख गरेका छन्।नेकपा एकताका सुत्रधारमध्ये एक शर्माले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी एकताको पक्षमा उभिन सबैलाई अपील गरेका छन्। ‘पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता/कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ। म दृढतापूर्वक भन्न चाहन्छु पार्टी फुट्दैन, फुटाउन दिँइदैन। पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आआफ्ना स्वार्थपुर्तिको हतियार बन्न दिनु हुँदैन’, उनले लेखेका छन्, ‘तसर्थ, एकता गर्दा गरिएका सहमति,आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रूपान्तरणसहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौं।”

">