काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूलाई आज साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका छन्।
आजै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। प्रधानमन्त्री र राष्ट्रपतिको नियमित भेटवार्ता भनिए पनि ओली पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा परामर्श गर्न शीतल निवास गएको बुझिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विकसित पछिल्लो राजनीतिक घटनाक्रम पछि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता बाक्लिएको छ।
प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटे लगतै मन्त्री र राज्यमन्त्रीहरूसँग भेट्ने कार्यक्रम बनाएका छन्। त्यसका लागि उनले आज साँझ ७ बजे सबै मन्त्री र राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमको बारेमा मन्त्री र राज्यमन्त्रीहरूका कुरा सुन्नका लागि प्रधानमन्त्रीले बोलाएका छन्।
प्रधानमन्त्रीले १८ असारमा पनि मन्त्रीहरूलाई बालुवाटार बोलाएर सल्लाह लिएका थिए। “पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा मन्त्री र राज्यमन्त्रीको कुरा सुन्नको लागि प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाउनुभएको छ। तर, कुनै बैठकका लागि भने होइन”, प्रेस सल्लाहकार थापाले भने।
नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने माग गरेपछि ओली निरन्तर परामर्शमा छन्। यद्यपि उनले दुवै पद नछाड्ने बताएका छन्।
सोही विवादका कारण नेकपाको स्थायी कमिटी बैठक प्रभावित हुँदै आएको छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूलाई आज साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका छन्।आजै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। प्रधानमन्त्री र राष्ट्रपतिको नियमित भेटवार्ता भनिए पनि ओली पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा परामर्श गर्न शीतल निवास गएको बुझिएको छ।

">