प्रधानमन्त्रीले केही मन्त्रीहरूलाई भने- मेरै मन्त्रिपरिषद्मा बसेर मेरैविरूद्ध षड्यन्त्र गर्ने ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका विरूद्ध मन्त्रिपरिषद्कै केही सदस्यहरू लागिपरेकाे बताएका छन्।

बालुवाटारमा आज मन्त्री र राज्यमन्त्रीहरूसँगकाे छलफलमा प्रधानमन्त्रीले सरकारमा सहभागी केही सदस्यहरूबाटै षड्यन्त्र भएकाे बताए पनि त्यसमा संलग्न काे-काे हुन् भन्नेबारे भने खुलाएनन्।

उनले चेतावनीयुक्त भाषामा यस्ता षड्यन्त्रहरूलाई सफल हुन नदिने पनि बताए।

बैठकमा सहभागी एक मन्त्रीले देखापढीसँगकाे कुराकानीमा प्रधानमन्त्रीलाई उद्धृत गर्दै भने, “मेरै मन्त्रिपरिषद्‍मा बसेर मेरैविरुद्ध षड्यन्त्र गर्ने?”

ती मन्त्रीका अनुसार प्रधानमन्त्रीले सत्यसँग लड्दिनँ, असत्यसँग झुक्दिनँ भनेका थिए।

“कम्युनिष्ट आन्दोलन धरापमा परेकाले म जोगाउन लागिपरेको छु, कुनै दिन तपाईंहरूलाई सोध्नुपर्ने हुन सक्छ,” ती मन्त्रीले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, “आन्दोलन जोगाउने पक्षमा हुनुहुन्छ कि विपक्षमा ?”

प्रधानमन्त्रीले यसो भन्दा छलफलमा एकछिन सन्नाटा छाएको ती मन्त्रीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्