काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई महाअभियोग लगाउने भन्ने हल्ला निराधार रहेको बताएका छन्। उनले राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगर्न पनि भनेका छन्।
‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो। यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौं’, गएराति अबेर ट्वीट गर्दै उनले भनेका छन्, ‘राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं।राष्ट्रपति संस्थाको अवमूल्यन नगरौं। राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ।’
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षडयन्त्र हुने लागेको बताएका थिए। उनले राष्ट्रपतिविरुद्ध महाअभियोगको तयारी भइरहेको सूचना आफूले पाएको उल्लेख गरेका थिए।
हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो।यो गरिमामय सँस्थालाई कसैले पनि आ-आफ्नो स्वार्थका लागि विवादमा नतानौं।राष्ट्रपतिको बिरुध्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं।राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं।राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ।
— NKShresthaPrakash (@nksthaprakash) July 4, 2020
पछिल्लो समय सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। नेताहरू आ–आफ्नो समूहको भेलामा सक्रिय छन्। स्थायी कमिटी बैठक पनि २२ असारसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्रीले आफूलाई भारतले पदबाट हटाउन लागेको र त्यसमा नेकपाकै नेता पनि सम्मिलित रहेको बताएपछि विवाद झन् चर्किएको छ।
नेकपाको स्थायी कमिटी बैठकमै अर्का अध्यक्ष पुष्पकमल दाहालले भारतले नभइ आफूले प्रधानमन्त्रीको राजीनामा मागेको बताउँदै दुवै पदबाट राजीनामा दिन भनेका थिए। त्यसयता दुई अध्यक्षबीच पटक–पटक छलफल भएपनि ती छलफल निश्कर्षविहीन हुने गरेका छन्।
दुई अध्यक्ष फुटको संघारमा पुगेपछि नेकपाका दोस्रो र तेस्रो तहका नेताहरू खबरदारीमा उत्रिएका छन्। उनीहरूले कुनैपनि हालतमा पार्टी नफुटाउन अध्यक्षद्वयलाई अपील गरेका छन्।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई महाअभियोग लगाउने भन्ने हल्ला निराधार रहेको बताएका छन्। उनले राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगर्न पनि भनेका छन्।‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो। यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौं’, गएराति अबेर ट्वीट गर्दै उनले भनेका छन्, ‘राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं।राष्ट्रपति संस्थाको अवमूल्यन नगरौं। राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ।’

">