प्रतिपक्षी दलको विरोधकाबीच सुदूरपश्‍चिम सभामा बजेटको छलफल शुरू
कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले १ असारमा ल्याएको अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रस्ताव २० दिनपछि प्रदेश सभामा टेबुल भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जसपाले नाराबाजी गर्दै प्रदेश सभाको बैठक अवरोध सिर्जना गरेपनि सभामुखले बैठकको कारवाही अगाडी बढाएका हुन्।

सभामुख अर्जुनबहादुर थापाले आजको बैठकमा सुदूरपश्चिम खेलकूदसम्बन्धी विधेयक २०७६, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको जानकारी गराएका थिए।

लगत्तै सभामुख थापाले अर्थमन्त्री झपटबहादुर बोहोरालाई आर्थिक वर्ष २०७७/०७८ को बजेटमाथि सभामा छलफल गरी पारित गरिपाउँ भन्ने प्रस्ताव टेबुल गर्न अनुमती दिए।

प्रतिपक्षी दलले सरकार विरुद्ध नाराबाजी गरिरहेकै बेला अर्थमन्त्री बोहोराले छलफल प्रस्ताव सभामा टेबुल गरेका थिए।

प्रस्ताव टेबुल भएपछि सभामुख थापाले प्रदेश सभाको अर्को बैठक २२ असारदेखि दिउँसो ३ बजेका लागि बोलाएका छन्।

प्रतिपक्षी दलले कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अवरोध सिर्जना गर्दै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्