युवा संघको एकता प्रक्रिया टुंगियो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले केन्द्रमा एकता भएको पाँच महिनापछि सबै जिल्ला कमिटीको एकीकरण टुंगो लगाएको छ।

हिजोको बैठकले संघको एकीकरण टुंग्याइएको हो।

७७ जिल्लामध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ र माओवादी निकट वाईसीएलले ३५ जिल्ला अध्यक्ष पाउने भएका छन्।

अध्यक्ष र इन्चार्ज साविकको दुवै संगठनबाट फरक फरक नेतृत्व हुने गरी नीतिगत निर्णय गरिएको छ।

४२ जिल्लामा तत्कालीन माओवादी निकट वाईसीएलले इन्चार्ज पाएको छ भने एमाले निकट युवा संघले ३५ जिल्ला इन्चार्ज पाएको छ।

राष्‍ट्रिय युवा संघको आज जारी विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्