काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षसहित नेताहरूबीच आज बालुवाटारमा भएको छलफलले भोलि समस्या समाधानका उपाय लिएर आउन चारजनालाई जिम्मेवारी दिएको छ।
पार्टी फुटको संघारमा पुगिसकेको अवस्थामा एकता जोगाइराख्ने प्रयासस्वरूप बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले भोलि स्थायी कमिटीको बैठक बस्नुअघिनै समाधानको उपाय पेश गर्न विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई जिम्मेवारी दिएका हुन्।
दुई अध्यक्षको छलफलमा आज पोखरेल, पौडेल, शर्मा र पुनका साथै उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल पनि सहभागी थिए।
भोलि स्थायी कमिटीको बैठकअघि पुनः दुई अध्यक्ष प्रधानमन्त्री समेत रहेका ओली र दाहालबीच छलफल हुने सहमति भएको छ।
आज झण्डै दुई घण्टा भएको शीर्ष नेताहरूको भेटमा पछिल्लो समय सतहमा आएका सबै विषयबारे छलफल भएको बताइएको छ।
पछिल्लो समय दुई अध्यक्षबीचको टकरावका कारण पार्टी फुटको संघारमा पुगिसकेको छ। पार्टी एकता कायम राख्न उपाय खोज्ने जिम्मेवारी दिइएकामध्ये पोखरेल र पौडेल प्रधानमन्त्री ओली पक्षका हुन् भने शर्मा र पुन दाहाल पक्षका नेता हुन्।
१० असारबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठक बिहीबार दुई दिनका लागि स्थगित भएको थियो। तर, समस्या समाधानका लागि सहमतिको प्रयास गर्ने भन्दै शनिबार बस्नुपर्ने बैठक पनि सोमबारसम्मका लागि स्थगित गरिएको थियो।
भोलि बिहान ११ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बस्ने कार्यतालिका छ।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षसहित नेताहरूबीच आज बालुवाटारमा भएको छलफलले भोलि समस्या समाधानका उपाय लिएर आउन चारजनालाई जिम्मेवारी दिएको छ।पार्टी फुटको संघारमा पुगिसकेको अवस्थामा एकता जोगाइराख्ने प्रयासस्वरूप बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले भोलि स्थायी कमिटीको बैठक बस्नुअघिनै समाधानको उपाय पेश गर्न विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई जिम्मेवारी दिएका हुन्।

">