नेविसंघको केन्द्रीय समितिलाई पूर्णता दिन माग

काठमाडाैं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका नेताहरूले नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिन माग गरेका छन्।

नेविसंघका नेताहरूले आज पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर नेविसंघको वर्तमान केन्द्रीय समितिलाई पूर्णता दिन माग गरेका हुन्।

नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वले विधानअनुसार महाधिवेशन गर्न नसकेपछि पार्टीले राजीव ढुङ्गानाको अध्यक्षतामा नेविसंघ गठन गरेको थियो।

कांग्रेसले ढुङ्गानाको नेतृत्वमा ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नका लागि समिति गठन गरे पनि उक्त समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन।

नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमालले महाधिवेशन गर्नका लागि पार्टीले १२७ सदस्यीय तदर्थ समिति बनाउने निर्णय गरे पनि हाल १० जनामात्र बनाउनु दुःखद् भएको बताए। रासस

प्रतिक्रिया दिनुहोस्